सोलिडारिटी कप नेपालले जित्यो, मकाउ १ – ० ले पराजित

सोलिडारिटी कप  नेपालले जित्यो, मकाउ १ – ० ले पराजित

एफसी सोलिडारिटी कपको उपाधि जित्दै नेपालले इतिहास रचेको छ। नेपाली फुटबल इतिहासमा यो ठूलो उपलब्धी हो। मलेसियामा मंगलबार सम्पन्न फाइनल खेलमा मकाउलाई १ – ० ले पाखा लगाउँदै नेपालले सोलिडारिटी कपको उपाधि चुमेको हो।

images-cms-image-000007869नेपालका लागि सुजल श्रेष्ठले २९औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। मिडफिल्डर सुजलले डिबक्स भित्रबाट भरत खवासले दिएको पासलाई हेडरमार्फत गोल गरेका थिए। अधिकांश समय कमाउमाथि हाबी रहेको नेपाली टिमले गोलको अवसर सिर्जना गरे पनि थप गोल गर्न भने सकेन र खेल १ – ० ले जित्यो। वर्षाले मैदान हिलै भए पनि नेपाली खेलाडीले मकाउका खेलाडीलाई खेलमा खुल्न दिएनन्।

नेपालले एसियाली फुटबल महासंघको सदस्यता लिएको ६२ वर्षपछि उसले आयोजना गरेको औपचारिक प्रतियोगिताको उपाधि जितेको हो। समूह विजेता हुँदै सेमिफाइनल पुगेको नेपालले लाओसलाई ट्राइब्रेकरमा ३ – ० ले हराउँदै फाइनल यात्रा तय गरेको थियो।

Nepal vs Macau (AFC Solidarity Cup 2016: Final)

तपाइँको प्रतिक्रिया ।