पचास लाख लिने नाममा किन थुकिने पात्र बन्न पुगिन् सुजाता

पचास लाख लिने नाममा किन थुकिने पात्र बन्न पुगिन् सुजाता

कपन अनलाइन, ३० कात्तिक, २०७३/दृष्टिकोण

fghfgb

-केशव पाठक

सुजाता कोइराला यतिखेर भाइरल भएकी छिन् । तरकारीवालीले लिएको मार्केट एकाएक सुजाता कोइरालातिर तानिएको छ । तरकारीवालीको ठाउँमा सामाजिक संजालमा छाएकी कांग्रेस नेतृ सुजाता कोइराला नेपाली राजनीति मात्र नभै सामाजिक क्षेत्रको पनि प्रतिनिधि पात्र भएकाले उनको नाम चर्चित भैरहँदा देशको इज्जतको पनि प्रश्न उठ्छ । नेपाली राजनीतिकी महत्वपूर्ण व्यक्तित्व सुजाता कोइराला यतिखेर अर्बुद रोगको शिकार भएकी छिन् । क्यान्सर रोग लाग्नु आफैमा अत्यन्त दुखदायी कुरो हो । कोइरालालाई स्तन क्यान्सर भएको भन्ने प्रारम्भिक रिपोर्टले सबैलाई चिन्तित तुल्यायो । उनको सिघ्र स्वास्थ्य लाभको कामना गरे सबै नेपालीले ।

प्रशंग यतिमा सकिएन, सुजाता कोइरालाले आफू क्यान्सर रोग पिडित भएकाले सरकारसँग १ करोड मागिन् भन्ने कुरा सार्वजनिक भयो । यो सार्वजनिकसँगै जनस्तर सुजाताको विपक्षमा देखिए । सरकारले उनलाई ५० लाख दिने निर्णयसमेत गरेको छ । यो निर्णयसँगै सुजातालाई नराम्रो भन्नेहरुको लहर छ यतिखेर सामाजिक संजालामा । हालसालै स्वास्थ्य मन्त्री गगन थापाले उच्चपदस्थ व्यक्तिहरुले देशको कोष दुरुपयोग गर्न नपाउने स्टेटमेन्ट दिएका थिए । यही बेला तथा यो विषयको विधेयक संसदबाट पारित हुन लागेको बेला पूर्व उपप्रधानमन्त्रीसमेत रहेकी सुजाता कोइरालालाई सरकारले देश बाहिर उपचार गर्न यति ठूलो रकम दिने निर्णय आफैमा सबैलाई बिझाउने निर्णय भयो । सुजाता कोइरालालाई क्यान्सर रोग लागेकोमा दुखी भएका जनसामान्य उनले राज्यकोषबाट यति ठूलो रकम मागेपछि उनी बिरुद्ध खनिए । यतिखेर सामाजिक संजालमा जताततै सुजाता बिरोधी स्टाटस र कमेन्ट मात्र देखिन्छ । सामाजिक संजालले ठूलो असर पार्ने पछिल्लो समयमा सुजाता कोइराला यतिखेर चारैतिरबाट थुकिएकी पात्र भएकी छिन् ।

%e0%a4%b8%e0%a5%81%e0%a4%9c%e0%a4%be%e0%a4%a4%e0%a4%be
स्वास्थ मन्त्री गगन थापा स्वयम् आफ्नै पार्टीकी नेतृ सुजाता कोइरालालाई राज्य कोषको रकम दिन तयार थिएनन् । उनले सार्वजनिक रुपमै सुजाता कोइरालालाई रकम नदिने बताएका थिए । संसदबाट राज्यकोषको रकम बारे विधेयक पारित हुन लागेको अवस्थामा आफ्नै पार्टीकी नेतृलाई विदेश गएर उपचार गराउन रकम दिने पक्षमा स्वास्थ्य मन्त्री थिएनन् तर कोइरालाले भिटो प्रयोग गरेर गृह मन्त्रीमार्फत सरकारबाट ५० लाख लिन भ्याइन । सरकारले सुजाता कोइरालालाई दिन लागेको यो ५० लाख रकमसँगै उनको राजनीति पनि सकिने आंकलन पनि चारैतिर चलिसकेको छ । सानो रकमले राजनीतिमा ठूलो मूल्य तिर्ने अवस्थामा पुगिन् सुजाता । सुजाता कोइरालाका प्रशंसकहरु पनि उनको यो निर्णयबाट खुशी देखिएका छैनन् । सुजाताले आफ्नो खुट्टामा आफैले बन्चरो हानेको बताइरहेका छन् ।

कोइराला परिवार आफैमा हुनेखाने नै मानिन्छ । १० २० लाखको गारो पर्ने परिवार हैन । त्यसमाथि गिरिजाबाबुकी छोरी भएकी सुजाता यथेस्ट सम्पत्ति भएकी व्यक्ति हुन् । खर्चालु स्वभावकी भनेर चर्चितसमेत भएकी सुजाता नेपाली राजनीतिमा बाबु गिरिजा प्रसाद कोइरालाको विरासतका कारण टिकेको आरोप लागे पनि यतिबेला चिनिएकी नेतृ हुन् । आफ्नै पार्टी र सरकारलाई पटक पटक गाली गरेर होस् वा विपक्षी पार्टीलाई अकारण समर्थन गरेर मिडियाको परिधिमा रहने स्वभाव पनि रहेको छ उनको । यद्यपि जस लिने खालका काम तथा नामबाट उनी सँधै नै पछाडि नै रहिन् । भाग्यले साथ दिएन की उनको कर्मले त्यो समयले बताउला तर अपजसे जीवन व्यत्तित गर्दै छिन् सुजाता कोइराला ।

विचार तथा प्रभावका कारणलेभन्दा गिरिजाबाबुकी छोरीका कारण टिकेको सुजाताको राजनीति ओरालो लाग्ने क्रममा रहेको छ ।

नेपाली कांग्रेस पार्टीभित्र पनि  सुजाता कोइरालाको साख खासै महत्वपूर्ण मानिदैन आजकाल । पार्टीभित्र सभापतिको नजरमा उनी पाच्य नभएको समाचार बेलाबेला प्रकाशित भै रहेका छन् । नेकाभित्रको रामचन्द्र समूहमा उनी रुचाइएकी पात्र भन्दा पनि जबर्जस्ती राख्नु परेको व्यक्तिको रुपमा लिइने गरिन्छ । कारण उनको बोली र व्यवहार नै हो । पार्टीैभित्र दरिलो नहुनुमात्र हैन जनाधारको हिसाबले पनि सुजाता कमजोर छिन् । प्रत्यक्षरुपमा निर्वाचन लड्ने हैसियत उनले राख्न नसकेको सबैलाई बिदितै छ । तथापि महिला नेतृहरुको खडेरी परेको नेपाली राजनीतिमा लाटो देशमा गाँडो तन्नेरीको विशेषण सुहाउँदो उपस्थिति देखाउँदै आएकी छिन् सुजाताले ।

त्यसो त पछिल्ला लामै वर्षदेखि नेपाली कांग्रेसमा इज्जत जोगाउने काम गर्न सक्ने मान्छेको कमि देखिँदै आएको छ । बेलाबेला बिभिन्न पात्रहरुले पार्टीको इज्जतको धज्जी उडाउने काम भने हुँदै आएका छन् । राम्रो काम गरेर देखाउनेहरु नभएसरह देखिएको पार्टीमा सुजाता कोइराला जस्तो पार्टीको उच्चस्तरीय नेताले यस्ता दुईचार पैसामा र्याल चुहाउँदा विचरा नेपाली कांग्रेस पार्टीका कार्यकर्ताहरुलाई कति गारो परेको होला ।

(लेखक कपन अनलाइनका प्रधानसम्पादक हुन्)

तपाइँको प्रतिक्रिया ।