गगन थापाले मानेनन् सुजातालाई उपचार खर्च दिन, निधीले थापाको आँखा छलेर दिए

कपन अनलाइन, २८ कात्तिक, २०७३

gaagan-ji
राज्य कोषको पैसा देशका ठूला नेताहरुको स्वास्थ्योपचारको बिरोध गर्दै आएका स्वास्थ्य मन्त्री गगन थापाले आफ्नै पार्टीको वरिष्ठ नेताको उपाचार खर्चको विरोध गरेका छन् । नेपाली कांग्रेसकी वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाको उपाचारका लागि सरकारद्वारा रकम दिन थापाले अस्वीकार गरेपछि स्वास्थ्य मन्त्री अनुपस्थित भएको अवसार पारेर पैसा दिने निर्णय गरिएको छ । सरकारका उपप्रधान तथा गृह मन्त्री तथा नेका वरिष्ठ नेता विमलेन्द्र निधीको पहलमा सरकारले कोइरालाको उपचारका लागि ५० लाख दिने निर्णय गरेको छ ।

नेताको उपचारमा वार्षिक करोडौं खर्च हुने गरेपछि स्वास्थ्य मन्त्री भएपछि गगन थापाले यसरी राज्य कोषको ढुकुटीबाट खर्च नदिने घोषणा गरेका थिए । थापाको यो निर्णयलाई सर्वत्र सरहना भएको थियो । यद्यपि भर्खरै स्तन क्यान्सर भएको पत्तो लागेकी नेतृ सुजाता कोइरालाले उपचारको लागि सरकारसँग १ करोड माग गरेकोमा सो मागलाई स्वास्थ्य मन्त्री थापाले सार्वजनिक अस्विकार गरेका थिए । यद्यपि सरकारले सुजाता कोइरालाको मागलाई लालमोहर लगाउने वातावरण बनाउने गृहमन्त्री निधीले ठूलो प्रयास गरेको बताइएको छ । स्वास्थ्य मन्त्री गगन थापा तरुण दलको महाधिवेशनका क्रममा पोखरा रहेको बेला निधीको प्रयासमा कोइरालाको लागि ५० लाख दिने निर्णय भएको छ । कोइरालाको उपचार सिंगापुरमा हुने बताइएको छ ।

तपाइँको प्रतिक्रिया ।