छिटोे स्थानीय निकायको निर्वाचन हुनुपर्छ –अध्यक्ष जबरा
कपन अनलाइन, सुरुङ्गा ९झापा०, २६ कात्तिक ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर जबराले स्थानीय निकायको निर्वाचन अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभएको छ ।
स्थानीय निकायको निर्वाचनका लागि हालकायम रहेकै गाविस र नगरपालिकालाई आधार मानेर निर्वाचन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सो पार्टीले आज विर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष राणाले प्रदेशको विभाजनपछि मात्रै गाउँपालिका र नगरपालिकाको विषयमा टुङ्गो लगाउन सहज हुन्छ भन्नुभयो ।
अहिले अड्केको विषय संविधान संशोधन भएकाले छिटै यो प्रक्रिया अघि बढ्ने उल्लेख गर्दै उहाँले मधेसमा दुई प्रदेश हुनुपर्छ भन्ने धारणा आफ्नो पार्टीले संविधानसभाको निर्वाचन हुनुभन्दा पहिले नै राखेको जानकारी दिनुभयो । अहिले संविधान संशोधनको प्रस्ताव आएपछि सोही विषयमा पहिलो छलफल हुने उहाँको भनाइ थियो ।रासस