कपनमा उपन्यासकार अधिकारीको सडेको शव भेटियो

15060219_900831763352342_661200536_o

कपन अनलाइन, २६ कात्तिक, २०७३

“रहस्य” नामको कानुनी उपन्यास लेखेर चर्चा कमाएका दिपेन्द्र अधिकारीको रहस्यमय मृत्यू भएको छ । पारिवारिक झमेला र तनावका बीच   कपन निलोपुल छेउमा कोठा गरी बस्ने अधिकारीको शव सोही कोठामा कुहिएको अबस्थामा भेटिएको छ ।  बन्द कोठाभित्रबाट नराम्रो दुर्गन्ध आएपछि कपन प्रहरी प्रभागको रोहवरमा कोठा फोर्दा उत्तानो परेर सुतिरहेको अवस्थामा १ व्यक्तिको शव भेटिएपछि जाँच पडतालगर्दा सो शव दिपेन्द्र अधिकारीको भएको प्रहरी निरीक्षक फडिन्द्र रानाभाटले बताए ।

img_5880.jpg

निरीक्षक रानाभाटका अनुसार लाश कुहिएर कालो र फोका नै फोका आएको अवस्थामा रहेकोले करिब  ५ दिन अघि मृत्यू भएको हुन सक्ने देखिऐको छ । अधिकारीको बन्द कोठामा मृत्यूको पछाडि के कारण थियो एकिन नभए पनि मृतकको अवस्था हेर्दा तत्काल कसैले मारेको भन्न सकिने अवस्थामा नरहेको निरीक्षक रानाभाटले कपन अनलाइनलाई बताए । लेखकसमेत रहेका अधिकारीको कोठाको अवस्थाले उनको मृत्यू कारण सामान्य हुन सक्ने अनुमान गरिएको हो । श्रीमती तथा परिवारका अन्य सदस्यसँग कमजोर सम्बन्धका कारण विक्षिप्त अबस्थामा एक्लै कोठा गरेर बसेका अधिकारी   इलाम पंचकुली स्थाई घर भए पनि राजधानीमासमेत घर भएको बुझिन आएको छ । अधिकारीका आमाबुबा बसुन्धरास्थित घरमा बस्ने गरेको बताइएको छ ।  मानसिकरूपमा बिक्षिपतजस्तो देखिने अधिकारी र बेलाबेला रक्सी पिउने बानी भएको टाेलछिमेका स्थानीयवासीले बताए । टोलछिमेकसँग पनि उनको खासै उठबस नभएको बताइएको छ । घटना थाहा भए लगत्तै परिवारका मानिसहरूलाई खबर गरेर अनुसन्धान सूरू गरिएको छ भने  शवलाई पोस्टमार्टम गर्नकोलागी त्रिभुवन शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ  ।

तपाइँको प्रतिक्रिया ।