ट्रम्पलाई बधाई

कपन अनलाइन, काठमाडौँ, २५ कात्तिक ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा निर्वाचित रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड जे ट्रम्पलाई आज बधाई दिनुभएको छ ।

पूर्वप्रधानमन्त्री देउवाले आज विज्ञप्ति जारी गरी ट्रम्पलाई व्यक्तिगत र पार्टीका तर्फबाट बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै राष्ट्रपति ट्रम्पको कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्ध अझ बढी सुमधुर हुने विश्वास व्यक्त गर्नुभएको छ । रासस

तपाइँको प्रतिक्रिया ।