रक्तअल्पताग्रस्त छोरीको उपचारका लागि सहयोग गरिदिन पिताको आग्रह

रक्तअल्पताग्रस्त छोरीको उपचारका लागि सहयोग गरिदिन पिताको आग्रह

kkkk

कपन अनलाइन, २१ कात्तिक, २०७३/दिनेश खड्का ‘खप्तडी’

आफ्नी छोरीलाई २० लाख खर्च गर्न पर्ने रक्त अल्पताको रोग लागेपछि मलेसियामा कार्यरत राजेन्द्र अधिकारी तनावमा छन् । तनहुँ जिल्ला ब्यास नगरपालिका वडा न.४ बरथुम्का निबासी राजेन्द्र अधिकारी ( हाल मलेसिया ) र भगवती अधिकारीकी १६ बर्षे छोरी आशा अधिकारी रक्त अल्पता (white blood cell नभएको हुँदा रगत उत्पादन कम हुने) बिरामी भएर पोखरा ,भरतपुर र काठमाडौमा बिगत दुई बर्ष देखि उपचार भैरहेको छ  ।

तत्काल निको पनि नहुने रोगका कारण नियमित उपचार गराउनुपर्ने अवस्था रहेको र उपचारका लागि पैसाको अभावमा राजेन्द्र भौँतारिएका छन् । छोरिको उपचारका क्रममा ९ लाख खर्च भैसकेको र अब उपचार गराउनको लागी २० लाख जति खर्च लाग्ने हुँदा उपचार गराउन आफ्नो नपुगेकोले उनी चिन्तित छन् ।  घरको  आर्थिक अवस्था कमजोर भएकोले  आफू स्वयम् बिदेशमा रहेका राजेन्द्र यतिखेर सबैलाई छोरीको जीवनरक्षाका लागि अपिल गरिरहेका छन् । अधिकारीले स्वदेश-विदेशमा रहेका सबै इ यथासक्य आर्थिक सहयोग उपलब्ध गराउन   बिनम्र अनुरोध गरेका छन् । राजेन्द्र अधिकारीकी छोरी आशा अधिकारीलाई सहयोग गर्न नेपालमा  सम्पर्क आमा भगवती अधिकारी ठेगाना ब्यास ४ तनहुँ सम्पर्क न. ९८२४१६८५३७,९८१७१३३५५४ गर्न सकिनेछ ।  त्यस्तै बिरामी आशा अधिकारीको नाममा कैलास बिकास बैंकमा रहेको खाता न‌ं.०२७००९००१०७४५४०००००१ मा पनि रकम जम्मा गर्न सकिने बताइएको छ ।

तपाइँको प्रतिक्रिया ।