मुखर्जीको जताततै विरोध
कपन अनलाइन, १९ कात्तिक ।
गोर्खा भर्ती केन्द्रको विरोध गर्दे प्रदर्शनमा उत्रेका विप्लव माओवादीका कार्यकर्तालाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । उनीहरुले शान्तिबाटीकाबाट नाराबाजी सहित लैनचौर पुगेर भारतीय दुतावासमा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेका थिए ।
नेपाली नागरीक भारतीय भूमीको रक्षाको लागि लड्नु र मृत्यूवरण गर्दा पनि कुनै किसिमको क्षतिपुर्ती पनि नदिनु जस्ता अमानवीय र भेदभावपूर्ण ब्यबहार भएको भन्दै बिरोध हुदै आएको छ ।
पोखरेलीहरुले कालोझण्डा उडाउँदै स्वागत गरे मुखर्जीलाई
भारतीय राष्ट्रपति प्रणव मुखर्जी पोखरा जानु अघि नै त्यहाँ कालो झण्डा प्रदर्शन भएको छ । प्रणव मुखर्जी जनकपुरबाट पोखरातिर लाग्नु अघि पोखराको आकाशमा कालो झण्डा प्रदर्शन गरिएको हो ।
बेलुनमा बाँधेर करिव १ दर्जन कालोझण्डा प्रदर्शन गरिएको लेकसाइड निवासी एक युवाले कपन अनलाइनलाई जानकारी दिए ।
सामाजिक संजाल ट्वीटरमाविरोध चुलियो
यता सामाजिक संजाल ट्वीटरमा भारतीय राष्ट्रपति प्रणव मुखर्जी भ्रमणमा रहेकै बेला शुरु भएको #IndianPresidentNotWelcome भारतीय राष्ट्रपतिलाई स्वागत छैन ह्याश ट्याग ट्रेण्डिङ भैरहेको छ भने अहिले #IndianPresidentNotWelcome ह्याश ट्याग नेपालको १ नम्बर ट्रेण्डिङ भैरहेको छ ।