यु-ट्युवमा गगन क्रेज, अरुको २ हजार गगनको २० हजार !!

sgagab

कपन अनलाइन, १० कात्तिक, २०७३

नेपाली राजनीतिमा गगन थापाप्रति मरिहत्तेगर्नेहरूको सङख्या कति छ भन्ने आंकलन यु-ट्युवमा देख्न सकिन्छ । व्यवस्थापिका संसदमा कात्तिक ९ गते अख्तियार प्रमुख लोकमान सिंहको बारेमा स्वास्थ्य मन्त्रीसमेत रहेका गगन थापाले बोलेको ५ मिनटको मन्तव्य समकक्षी अरू पार्टीका नेताको तुलनामा १० गुना ज्यादा रहेको छ । एमाले पार्टीका चर्चित नेताहरू रविन्द्र अधिकारी, भानुभक्त ढकाल मन्तव्य २ हजार जनाले हेरिरहँदा गगन थापाको भिडियो २३ हजार जनाले हेरिसकेका छन् । सो दिन कांग्रेसकै नेता रामहरी खतिवडा तथा सिपि मैनालीले बोलेको मात्र हैन लोकमानलाई महाअभियोग प्रस्ताव राख्ने महेन्द्र बहादुर शाहीको भिडियो पनि २ हजारको हाराहारीले हेरेका छन् ।

सबैलाई ध्यानाकर्षण गरेर लोकमानको बिरूद्दमा व्यवस्थापिका संसदमा कात्तिक ९ गते अपरान्ह बोल्ने क्रममा थापाले आक्रमक ढंगमा महत्वपूर्ण मन्तव्य दिएका थिए । थापाले बोलिरहँदा विपक्षी एमाले अध्यक्ष केपि ओली, सुवास नेम्वाङलगायत सबै नेताहरूले पटकपटक ताली बजाएका थिए ।

https://youtu.be/JF6OjVhvx8U

तपाइँको प्रतिक्रिया ।