ने.का कपनले कृयाशील भेला आयोजना गर्यो

कपन ३ मा भएको ने का भेला
आइतबार ३१ भाद्र, । कपन नेपाली कांग्रेसले आश्विन १३ मा हुने कांग्रेस क्षेत्रीय सम्मलेन र बृहत आमसभाको कार्यक्रम बारे जानकारी गराउन आफ्नो क्रियाशील सदस्य भेलाको कार्यक्रम आयोजना गरेको छ । कपन ३ स्थित ग्रिनविच क्याफे भएको कार्यक्रममा विभिन्न कांग्रेस निकटका व्यक्तिहरुले यस क्षेत्रीय सम्मेलन र आमसभा सफल पार्न आव्हान गर्दै कपनमा यो ऐतिहासिक कार्यक्रम बनाउने दृढता व्यक्त गरे ।
क्षेत्र नं. ४ का क्षेत्रीय सभापति न्हुच्छे नारायण श्रेष्ठ, उपसभापति केशव ढकाल, महासमिति सदस्य श्रीराम लामिछाने तथा आत्माराम पौडेल, जिल्ला सदस्य शशिप्रसाद शर्मालगायतको उपस्थिति रहेको कार्यक्रममा यस कार्यक्रम सफल बनाउन तयार गरिएका उपसमितिहरु सार्वजनिक गरिएको थियो । करिब ७५ ने.का. कपनका कृयाशील सदस्यहरु उपस्थित भेलालाई आत्माराम पौडेल, श्रीराम लामिछाने, श्यामकृष्ण संगत, शशिप्रसाद शर्मा, अच्यूत पौडेल, विनाद चालिसेलगायतले बोलेका थिए । भेलाले आउँदो आश्विन २७ गते सनिवार बृहत कृयाशील भेला तथा शुभकामना आदानप्रदानको कार्यक्रम राखिने निर्णयसमेत गरेको छ ।
आश्विन १३ मा हुने क्षेत्रीय सम्मेलनको उद्घाटनका लागि ने.का का सभापति सुशिल कोइराला साथै महामन्त्रिहरु प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालगायत नेताहरु कपन आउने कार्यक्रम रहेको छ । कार्यक्रम बालउद्धार उमाविमा हुनेछ ।
