कात्तिक १६ बाट अमेरिकाको लागि पासपोर्ट र भिसामा चस्मा अमान्य

कपन अनलाइन,  २ कात्तिक, २०७३

अमेरिकी राहदानी तथा प्रवेशाज्ञाका लागि तस्बिर खिचाउँदा चस्मा अनिवार्य रुपमा फुकाल्नुपर्ने नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ । सो प्रावधान यही कात्तिक १६ (नोभेम्बर १) बाट लागू हुने अमेरिकी राजदूतावासद्वारा  जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा अमेरिकी राहदानी तथा प्रवेशाज्ञाका लागि तस्बिर खिचाउँदा हालै शल्यक्रिया गरी आँखाको सुरक्षाका लागि चस्मा लगाउनैपर्नेजस्ता विशेष स्वास्थ्य अवस्थामा मात्रै चस्मा लगाउन पाइने उल्लेख छ । दूतावासले स्वास्थ्यका कारण चस्मा लगाउनैपर्ने आवेदकले आफ्नो आवेदनका साथ शल्य चिकित्सक वा आँखा रोग विशेषज्ञको हस्ताक्षर भएको पत्र पेस गर्नुपर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

तपाइँको प्रतिक्रिया ।