एन्फामा कर्मालाई जित्न नदिन षडयन्त्रै षडयन्त्र !!!
कपन अनलाइन, २ कात्तिक २०७३
कार्तिक ८ गते हुने भनिएको अखिल नेपाल फुटबल संघ एन्फाको चुनावी प्रकृया विथोल्न बिभिन्न पक्ष लागेको समाचारहरु सार्वजनिक भएको छ । निलम्बित पूर्व अध्यक्ष गणेश थापाको मानिसले हालिमुहाली गर्न पाउने अवस्थामा मात्र चुनावी प्रकृयामा जाने नत्र भाँड्ने हिसाबले षडयन्त्रहरु भैरहेको श्रोतले बताएको छ । चौतर्फीरुपमा कर्माछिरिङ शेर्पाको विजयी माहौल बनेपछि आँत्तिएका थापालगायतका पक्ष जसरी पनि चुनावी प्रकृया कमजोर बनाउन तल्लिन छन् । लोकबहादुर शाहीले दायरको मुद्धा पनि यसै षडयन्त्रको हिस्सा थियो । सो मुद्धाका कारण अदालतले कार्तिक ५ गते सम्मका लागि स्टे अर्डर दिएको छ । यसैबीच एन्फा चुनाव समितिको मिलेमतोमा अन्तिम नामावली प्रकाशनपछि भोटरहरुको नाम फेर्ने षडयन्त्र भएको छ ।
एन्फाको निर्वाचन नियमावली ०७० अनुरुप बनेको निर्वाचन निर्देशिकाका आधारमा भएका भएका नामावली प्रकाशन, अन्तिम नामावली प्रकाशन तथा पूनरावेदनपछिको अन्तिम नामावली प्रकाशनपछि जिल्लाबाट प्रतिनिधित्व गर्ने भोटरको नाम नै परिवर्तन भएको घटना सार्वजनिक भएको छ । कन्चनपुर जिल्ला अध्यक्षसमेत रहेका भीमबहादुर थापाको ठाउँमा अरु मानिसको नाम आएपछि षडयन्त्रको बाहिरिएको हो । एन्फा सचिवालय र निर्वाचन समितिले बदनियतपूर्ण तरिकाले यो नामावलीमा भएका नामहरु नै फेरबदल गरेर ८ गतेको निर्वाचन प्रकृयालाई बिथोल्न खोजेको देखिन्छ एक पूर्व एन्फा पदाधिकारीले कपन अनलाइनलाई बताए । यस विषयमा एन्फा कानुनी सल्लाहकारसमेत रहेको निर्वाचन कमिटिका सुजित केसीलाई टेलिफोन गर्दा उनले फोन उठाएनन् ।
बिजयको संघारमा रहेर पनि संभावित षडयन्त्रको शिकार हुने क्रमलाई टार्ने कोशिस गरिररहेका कर्माछिरिङ शेर्पा भने षडयन्त्र कुनै हालतमा पनि सफल हुन नदिने र चुनाव तोकिएको मितिमै हुने बताउँछन् । एन्फाकै साथीभाईहरु सँधै आफै पद ओगट्नु पर्छ भन्ने नियतका साथ षडयन्त्रतिर लाग्नु विडम्बना भएको बताउँदै शेर्पाले फुटबलको विकास देख्न नचाहनेको यो खेल पर्दाफास चाँडै हुने बताउँछन् । कुल ६९ भोटर रहेको वर्तमान एन्फा चुनावी प्रकृयामा अध्यक्ष पदका लागि कर्माछिरिङ शेर्पा नरेन्द्र श्रेष्ठ मैदानमा छन् भने दीपक खाती, मणि कुँबर र उपेन्द्रमान सिंह उपाध्यक्ष पदका लागि चुनावी मैदानमा छन् ।