लोकमानको घरमा म्याद तामेली पत्र टाँस्न आज पनि सर्वोच्च असफल

लोकमानको घरमा म्याद तामेली पत्र टाँस्न आज पनि सर्वोच्च असफल

कपन अनलाइन, काठमाडौं, १ कार्तिक ।

अख्तियार दुुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको घरमा म्याद तामेली सम्बन्धी पत्र टाँस्न आज पनि सर्वोच्च अदालत असफल भएको छ ।
कार्कीको नयाँ बानेश्वरस्थित घरमा म्यादपत्र टाँस्न गएको सर्वोच्चका तामेलदारसहितको टोलीलाई भाडामा बस्ने केही युवाहरुले अवरोध गरेपछी टोली नटाँसी फिर्ता भएको हो । सर्वोच्चको टोलीलाई ति युवाहरुले आफुहरु सामसुुङ कम्पनीको कर्मचारी भएको र कार्कीको घर भाडामा लिईएकोले म्यादपत्र टाँस्न नदिने बताएका थिए ।

कार्कीको नियुक्ती सम्बन्धी बिबादमा बयानका लागि सर्वोच्च आउन अस्वीकार गरेपछी सर्वोच्चले घरमा म्याद टाँस्ने प्रक्रिया दशै अघिदेखी सुरु गरेको थियो । तर सर्वोच्चका तामेलदार र काठमाडौ महानगरपालिकाका वडा सचिव सरिता राईको असहयोगका कारण न्यायलयकै बेईजत भएको छ ।

तपाइँको प्रतिक्रिया ।