जिफन्ट सपोर्ट ग्रुप मलेशियाद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना

जिफन्ट सपोर्ट ग्रुप मलेशियाद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना

14593723_1811485242422223_2872515_n

कपन अनलाइन, २४ असोज, २०७३/मलेसिया/दिनेश खड्का खप्तडी

जिफन्ट सपोट ग्रुप मलेशियाले  २०७३ सालको बिजया दशमी, शुभ दिपावली र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदानका साथमा चिया पान  कार्यक्रम आयोजना गरेको छ । आफ्ना सदस्यहरु माझ आयोजित कार्यक्रम  भब्यताका साथ सप्पन्न भएको बताइएको छ  । शुभकामना आदान प्रदान तथा चिया -पान समारोह कार्यक्रममा कार्यक्रमका प्रमुख जिफन्ट सपोर्ट ग्रुप मलेशिया उपाध्यक्ष श्री इन्द्र प्रसाद ढकालको अध्यक्षतमा सम्पन्न भएको थियो ।

शुभकामना आदानप्रदान कार्यक्रममा आमन्त्रित अतिथि श्री बेद्कुमार खतिवडा जिफन्ट मलेशिया संयोजक तथा एस एम एस हेल्पलाइन डेस्कका इन्चार्ज रेवती कुमार श्रेष्ठ, सचिव जिफन्ट सपोर्ट ग्रुप मलेशिया , केन्द्रिय कमिटि सदस्य श्री तिलक बहादुर बि.क. ,केन्द्रिय सदस्य श्री राम प्रसाद भण्डारी , श्री परमानन्द मेहता ,श्री कृष्ण लोहार ,श्री दिनेश शाह साथै क्षेत्रीय तथा इकाई कमिटि प्रमुखहरु श्री कमल बहादुर राई , श्री गणेश लामाले शुभकामना मन्तब्य राखेका थिए । जिफन्ट सफोर्ट ग्रुपका अध्यक्ष  प्रेम कुमार मगर कार्यक्रममा उपस्थिति हुन नसके पनि उनले सम्पूर्ण आयोजित समारोहका सहभागी मित्रहरुलाई फोन मार्फत शुभकामना दिएका थिए ।

14610607_1811485252422222_1280105241_n 14619988_1811485255755555_1726411188_n

तपाइँको प्रतिक्रिया ।