विप्लव माओवादीका केन्द्रीय नेता पक्राउ

विप्लव माओवादीका केन्द्रीय नेता पक्राउ

कपन अनलाइन,१८ असोज ।

काठमाडौँ नेत्रविक्रम चन्द विप्लप नेतृत्वको  नेकपा (मावोवादी) का पोलिटब्युरो सदस्य उमा  भुजेल सहित मावोवादी नेता कार्यकर्तालाई  प्रहरीले पक्राउ गरेको छ ।

uma-bhujel

प्रहरीले पक्राउ गरेका मध्ये नुवाकोट पार्टी सेक्रेटरी इन्द्र परियार नयन, काठमाडौँ जिल्ला सदस्य राजमान तामाङ र नविन के.सी. रहेका छन् ।

पक्राउ गरिएका मावोवादी नेता कार्यकर्तालाई प्रहरीवृत वालाजुमा राखिएको छ भने पक्राउको विरोधमा माओवादीले अपरान्ह ४ बजे जनप्रदर्शन गर्ने जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।