विदेशीको एजेन्डामा संविधान संशोधन स्वीकार गर्न नसकिने ः नेपाल

कपन अनलाइन ,काठमाडौँ, ८ असोज ।

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले विदेशीको एजेन्डामा अघि सारिएको संविधान संशोधन प्रस्ताव स्वीकार गर्न नसकिने बताउनुभएको छ ।

बारा–काठमाडौँ सम्पर्क मञ्चले दसैँ, तिहार र छठको अवसरमा आज यहाँ आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम उहाँले नेपालको हितका लागि मात्र संविधान संशोधन गर्न सकिने भन्दै विदेशीको एजेन्डामा संविधान संशोधन स्वीकार्य नहुने बताउनुभयो ।

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले ९० प्रतिशतले सांसदको हस्ताक्षर गरी जारी गरेको संविधानलाई गलत भन्नु पूर्वाग्रही भएको बताउँदै संविधानले सबै जातजातिलाई समेटेको उल्लेख गर्नुभयो ।

उहाँले मुलुकको अखण्डता, सार्वभौमिकता, राष्ट्रियतालगायतका विषयमा एमाले कसैसँग पनि नझुक्ने बताउँदै राजनीतिक दलहरुबीच फरक विचार भए पनि संविधानका बारेमा एक धारणा बनाउनुपर्नेमा जोड दिनुभयो ।

नागरिकता लिनासाथ कसैलाई पनि देशको राष्ट्रपति वा प्रधानमन्त्री बनाउन नसकिने उहाँले धारणा राख्नुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा धेरै कुरामा चुकेको नेता नेपालले आरोप लगाउनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।