वडा नागरीक मञ्चमा दलको राजनीति

Untitled-1

कपन अनलाइन, २१ भदौ, २०७३/दृष्टिकोण/बिजेन्द्र पुडासैनी 

बुनपाभित्र  वडा नागरीक मञ्च गठनका प्रकृया चलिरहेको छ ।  वडा नागरिक मंच गठनसम्बन्धि निमवाली बमोजिम राजनीतिक दलका सदस्यता लिएका कुनै पनि ब्यक्तिहरु  मन्चमा रहन नपाउने भएतापनि  राजनीतिक दलका कार्यकर्ताको बाहुल्यतामा नै यो मञ्च गठन हुने गरेको छ । बुनपाको वडा नं ६ को वडा नागरीक मञ्च गठनका सन्दर्भमा यस्तै राजनीतिक कुराहरू सामुन्ने आए । वडा नागरिक मञ्च वडा नं ६ मा राधा शाह  संयोजकमा निर्बाचित हुनु भएको छ | उहाँलाई बधाई पनि छ । उहाँ राम्रै मानिस भनेर चिनिन्छ । यद्धपि नागरीक वडा मञ्च गठन हुँदा गठण बारे सुसुचित हुने नागरीक अधिकार भने यो गठण प्रकृयाले हनन गरेको अनुभुति भयो ।

 अधिकांश स्थानीयवासीले आफुहरुलाई कुनै खबर नगरेको र वार्ड कार्यालयले  समेत कुनै सूचना नदिएको गुनासो गरेका थिए | बिहान ७ :३० बजे सुरु हुने भनिएको कार्यक्रम उपस्थितिनै नभए पछि  ढिलोगरी सुरु भएको थियो । केही मानिसहरु जम्मा भएपछि सुरु गरिएको कार्यक्रममा पनि वडा  नागरिक मंचको पुरानो  कार्यसमितीका  ८ जना भन्दा बढी उपस्थित थिएनन् ।  यसरी अनुपस्थित हुनुनै पनि सामान्यतया कार्यक्रमको गणपुरक संख्या नपुग्नु मानिन्छ । 

वडा नागरिक मञ्च गठन गर्न आएका वडा कार्यालयका प्रतिनिधिहरुनै वडा नागरिक मंच गठन गर्न प्रतिनिधि चुन्न  ब्यस्त हुनु परेको थियो । राधा शाहलाई सहयोग गर्न सह संयोजकमा  निबर्तमान संयोजक  विजय लामा आए | संयोजक रहीसकेका विजय लामा सह संयोजक पदमा आउँदा उनीभित्रको पदलोलुपता सबैले अनुभूत गरे । सहभागि केहीले हेडमास्टर भएर अवकाश लिए पछि नि मास्टरी गरेको भनेर व्यंग पनि गरे लामालाई । तर लामालाई यो व्यांगले छुनचाहिँ छोएन । 

गठन प्रकृयामा नेपाली  कांग्रेस  वडा नं  ६ का  संयोजकअनुपस्थिति  थिए । नेकपा माओवादी केन्द्रका प्रतिनिधि समेत  आफुलाई कुनै जानकारी  नगराएको भन्दै रुष्ठ बनेका  थिए | सम्बन्धित वडा कार्यालयका कर्मचारीलाई  किन  खबर  भएन त  भनेर प्रश्न  गर्दा  वडाले  सूचना  टास गरेको हो भन्दै  गैरजिम्मेवार उत्तर  दिए ।

 सामान्य  अध्ययनले  देखाएको प्रसंग के हो भने साबिक बिष्णु बुढानिलकण्ठमा गाबिस मा कांग्रेस कम्जोर हुँदै गएको छ । यस्ता वडा नागरीक मञ्चहरूजस्ता ठाउँमा कार्यकर्ता भर्ती गर्न कांग्रेसलाई चासो नहुँदा  वडा नागरिक मंचको गठनमा नेकपा  एमालेमात्र उपस्थिति देखियो । वार्ड नागरिक  मंचको बारे बुझेका मानिस  समय दिन  सक्ने मानिस वडा नागरिक  मंचमा बस्नु उत्तम हुने भएता पनि नेकपा  एमालेले वडा नागरिक मंचलाई  कार्यकर्ता भर्तीस्थल झैँ बनाएको देखिन्छ |  वडा  नागरिक  मंच विघटन हुने  क्रममा  निबर्तमान  संयोजकको  अभिव्यक्ति निकै संकुचित थियो | उहाँको  भनाई बमोजिम पुरानो कार्य समितीको अनुपस्थित सदस्य हरुको मात्र पदपूर्ति हुने र बाँकी यथाबत रहने एवम् पूरानो कार्यसमितिमा  महिला सह संयोजक भएकाले निर्बिरोध पुरानो सहसंयोजक हाल संयोजक हुने तर्क थियो उनको |

कसैलाई पनि खबर नगरी वडा नागरिक मंच गठन गर्नु, बाटोमा हिडीरहेको व्यक्तिलाई बोलाएर राख्नु यो सब एक कुसंस्कारगत राजनीतिको  फोहरी खेल मात्र हो । यस्तो संकुचित राजनीति कहिले सम्म चल्ने हो ? सुचनाको हक अधिकार सम्पूर्ण नागरकिको मौलिक अधिकार हो भन्नि  थाहा  हुँदा हुँदै पनि किन वडा न ६ मा नागरिकहरुलाई सही सूचना सम्प्रेषण गरिएन यो दोष कसको जनतालाई उतर दिने दाईत्वो कसको यसको उत्तर जनतालाई नगरपालिकाले दिनेछ भन्नि आश गर्दै नवगठित वडा नागरिक मंचलाई सफल कार्यकाल को शुभकामना !!

तपाइँको प्रतिक्रिया ।