तलबबृद्धिलगायतको माग राखी मलेसियामा नेपालीहरूको आमहडताल

तलबबृद्धिलगायतको माग राखी मलेसियामा नेपालीहरूको आमहडताल

14141960_1793019464268801_3638643431384827134_n

 कपन अनलाइन, भाद्र १३ / २०७३/दिनेश खड्का “खप्तडी” मलेसिया

मलेसिया सरकारले जुलाईदेखि लागु हुनेगरि तलब बृद्धि हालसम्म पनि कम्पनीले लागु नगरेको भन्दै थप केही मागसहित बिभिन्न देशमा कार्यरत श्रमिकहरुद्वारा बुधबारदेखि आम हडतालमा उत्रिएका छन् । ए वान ग्लोभ कम्पनीमा कार्यरत तीन जना नेपालीसहित पाँचजना पाकिस्तानी शनिबार प्रहरीले पक्राउ गरी सेम्बिलान मान्तिकङ प्रहरी चौकीको हिरासतमा रहेको सोही कम्पनीमा कार्यरत श्रमिक दिलबहादुर दैलेखी बताउँछन् । उनका अनुसार कम्पनीको काम छोडेर हड्ताल गरेको र साथमा रहेका साथीलाई कम्पनीको विरुद्ध भड्काएको आरोपमा लगाउदै साथीहरुलाई पक्राउ गरेको जानकारी दिए। पक्राउ पर्नेहरुमा बुटवलका अनिल थापा, प्युठानका भिम पुन मगर र बाराका रामकिशोर सहित आठ जना पक्राउ परेका छन् ।

कम्पनीमा कार्यरत श्रमिकहरुले मलेसिया सरकारको नियम अनुसार मासिक एक हजार तलब बृद्धि, आइतबार शनिबार काम गरे वापत दोब्बर तलबको माग गरेका छन् । साथै मेडिकल खर्चको ब्याबस्था र सार्बजनिक बिदा लगायत बस्ने कोठा पानी,  बत्ती सहितका सुबिधाहरु पाउनु पर्ने माग पट पट कम्पनीसँग अनुरोध गर्दा पनि कुनै सुनवाई नभएपछि आम हड्ता्लमा उत्रिन बाध्य भएको  श्रमिकहरुको दुखेसो रहेको छ । हड्तालको दोस्रो दिन कामदार र कम्पनी प्रशासनबीच केही सहमति भए पनि माग पूरा नभएकाले कामदार काममा फर्किएका छैैनन् । ती मागहरु पुरा नहुँदासम्म काममा नफर्किने श्रमिकहरु बताउँछन्। कम्पनीमा बिभिन्न देशका ५०५ जना श्रमिकहरु कार्यरत रहेका छन् ।

तपाइँको प्रतिक्रिया ।