रविन अधिकारी र संजय अर्याललाई माओवादी केन्द्रले केन्द्रिय सदस्य बनायो !

रविन अधिकारी र संजय अर्याललाई माओवादी केन्द्रले केन्द्रिय सदस्य बनायो !

ljfldsjfl

कपन अनलाइन, भाद्र ९, २०७३
बुढानिलकण्ठ नगरपालिकामा माओवादी केन्द्रको नेतृत्व गरिरहेको दुई हस्तीहरु रविन अधिकारी र संजय अर्याललाई पार्टीले केन्द्रिय सदस्यमा मनोनित गरेको छ । पार्टी एकतापछि केन्द्रिय समिति बिस्तार गर्ने क्रममा अधिकारी र अर्याल केन्द्रिय सदस्यमा चयन हुन पुगेका हुन् ।

बिभिन्न फुटहरुबाट कमजोर बन्दै गएको तत्कालिन एमाओवादी पार्टीले वैद्यलगायत केही समूहसँग एकता गरेपछि आगामी महाधिवेशनसम्मका लागि ठूलो केन्द्रिय समिति निर्माण गर्ने क्रममा केही अपेक्षित र केही अनपेक्षित अनुहारहरु केन्द्रिय सदस्यमा मनोनित गरेको छ । अधिकारी र अर्यालसँगै डम्बर अधिकारी, अमर विक, आरबि तमु, अर्जुनबहादुर केसी, अर्जुन रम्तेल, राजेन्द्र श्रेष्ठ, शंकर थापा र टीका नगरकोटी पनि केन्द्रिय सदस्य बनेका छन् ।

तपाइँको प्रतिक्रिया ।