दाङ बाट खनालको चेतावनी असोज १९ गतेबाट सशक्त आन्दोलन गर्ने

दाङ, २७ भदौ : नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले असोज १९ देखि सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने बताउनुभएको छ । दाङको घोराहीमा आज संचारकर्मीसंग अध्यक्ष खनालले सरकारले राजनीतिक दलको आवाज नसुनेकाले देशव्यापी आन्दोलन गर्नुपर्ने अवस्था आएको बताउनुभएको हो ।

एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको बोलीमा ठेगान नहुंदा सहमतिको वातावरण बन्न नसकेको उहाँले आरोप लगाउनुभयो ।

 

देश चलाउने चावी नेपाली जनतासंगै भएपनि विभिन्न शक्तिले चोर चावी बनाएर देश चलाउने प्रयास गरिरहेको उहाँले बताउनुभयो । वर्तमान सरकारले पनि चावी अन्यत्रै भएको स्वीकार गरिसकेकाले एमालेलाई पनि त्यसप्रति शंका लागेको अध्यक्ष खनालले बताउनुभयो । एमालेको ११ औं जिल्ला अधिवेशन उद्घाटन गर्न उहाँ दाङ पुग्नुभएको हो ।

तपाइँको प्रतिक्रिया ।