प्रशिद्ध गायक अरुण थापाको १७ पुण्यतिथिको अवसर पारेर नाचघरमा विशेष कार्यक्रम

प्रशिद्ध गायक अरुण थापाको १७ पुण्यतिथिको अवसर पारेर नाचघरमा विशेष कार्यक्रम

कपन अनलाइन, ७ साउन, २०७३

सांस्कृतिक संस्थानको सानो हलमा कार्यक्रम संचालक प्रकाश सायमीले “नमस्कार, आज प्रशिद्ध गायक अरुण थापाको १७ पुण्यतिथि पारेर उनलाई सम्झिने जमर्काेमा सहभागि भएका सबैलाई स्वागत् छ” भनिरहँदा १५० जना अट्ने हलमा संगीत अनुरागीहरु भरिभराउ भैसकेका थिए । सो कार्यक्रमका लागि भनेर कसैलाई पनि निम्तो बाँडिएको थिएन, अजर अमर गीतहरु नामको फेशबुक पेजलगायतको सामाजिक संजालबाट कार्यक्रमको प्रचारप्रसार गरिएको थियो । नेपाली संगीत क्षेत्रका नामी दामी व्यक्तित्वहरुसँग प्रकाश सायमीको अजरअमर गीतहरु कार्यक्रममा श्रोताहरुको विशेष जमघट थियो ।

13840493_1224061197606823_1789072887_o

सानो हल अनि हलमा उपस्थित क्वालिटि दर्शकबीच भावुक मुद्रामा अरुण थापासँगका सुनिएका र केही नसुनिएका पक्षहरु पोख्दै थिए प्रकाश सायमी । कवि, गीतकार, आख्यानकार प्रकाश सायमीले यो कार्यक्रमका लागि भनेर आफ्नो सामाजिक संजालको प्रशस्त सदुपयोग गरेका थिए । नेपाली कला संगीत क्षेत्रमा इन्साइक्लोपेडियाको रुपमा परिचित सायमीको भावुक स्वरमा शुभारम्भ म्युजिकल जर्निका संगीतकारहरुले स्वर्गीय अरुण थापाका चर्चित गीतहरु पस्के । नेपाली कला, संगीत क्षेत्रका बशिष्ट व्यक्ति चेतन कार्की, सांस्कृतिक संस्थान जिएम राजेश थापा मगर, राष्ट्रिय मानवाधिकार आयोग प्रवक्ता मोहना अन्सारी गीतकार सुवाशचन्द्र ढुंगेलसहितका व्यक्तित्वहरुबीच प्रशिद्ध गायिका संगीता शाक्य, लोचन भट्टराई, शैलेश सिंहका साथमा नवोदित कलाकारहरु बेनुका राई, सुरज थापा, आकाश थापा, सरिता शाही, उत्सव नेपाल, सोफिया थापा आदिले आफ्नो आवाजद्वारा गायक अरुण थापालाई श्रद्धाञ्जली दिएका थिए ।

13835912_1224063654273244_906730911_o
कार्यक्रममा गायक गायिकाहरुले गायक अरुण थापाका, ऋतुहरुमा तिमी, भुलुँ भुलुँ लाग्यो मलाई, म रोए पनि, आँखाको निद, साँझको जुनसँगै, जति माया लाए पनि, चोट केहो ब्यथा के हो आदि गीतहरु प्रस्तुत गरेका थिए । पूराना गायक जगतमर्दन थापा, सांस्कृतिक संस्थानका जिएम राजेश थापा मगर, माइक खड्का,  सुवासचन्द्र ढुंगेल तथा चेतन कार्कीले गायक अरुण थापाका बारेमा सम्झना तथा श्रद्धाञ्जली व्यक्त गरेका थिए । गायक शैलेश सिंहलगायतको शुभारम्भ म्युजिकल जर्नि र सांस्कृतिक संस्थानको संयूक्त प्रस्तुतिको रुपमा आयोजना गरिएको कार्यक्रममको अन्त्यमा अर्काे महिना प्रशिद्ध गायक तथा संगीतकार स्व. गोपाल योन्जनको नाममा यस्तै सांगीतिक कार्यक्रमको आयोजना गरिने जानकारी दिइएको थियो ।

13833162_1224065294273080_1586469035_o

फोटोः बसन्त गौतम

तपाइँको प्रतिक्रिया ।