कपन संगीत सरोवरको मञ्चमा प्रकाश सायमीले अम्बर गुरुङबारे जानकारी दिए

कपन संगीत सरोवरको मञ्चमा प्रकाश सायमीले अम्बर गुरुङबारे जानकारी दिए

IMG_0157

कपन अनलाइन, जेठ ३०, २०७३

बुनपा १८ मा रहेको कपन संगीत सरोवरले वरिष्ठ संगीतकार अम्बर गुरुङलाई सम्झना एक कार्यक्रम आयोजना गर्याे । संगीत सरोवरको नियमित ११५ औं श्रृंखलामा यसै साता दिवंगत हुनुभएका गुरुङको सम्झनामा संगीतहरु प्रस्तुत गरिएको थियो । नियमितरुपमा भक्ति तथा शास्त्रीय संगीतको कार्यक्रम गर्दै आएको कपन संगीत सरोवरले वरिष्ठ संगीतकार अम्बर गुरुङलाई सम्झना गर्ने क्रममा नेपाली संगीत क्षेत्रका इन्साक्लोपेडिया भनेर चिनिने वरिष्ठ समिक्षक, निर्देशक तथा रेडियो प्रस्तोता प्रकाश सायमीबाट अम्बर गुरुङका अन्तरंग कुराहरु प्रस्तुत गरेको थियो । अम्बर गुरुङलाई सम्झने क्रममा प्रकाश सायमीले गुरुङको दार्जिलिङ बसाई, नेपाली आगमन, नेपालमा उनलाई हेरिने दृष्टिकोण आदिका बारेमा करिब २० मिनेट बोलेका थिए । कार्यक्रममा चण्डी काफ्लेले भक्ति संगीत तथा सुजाता वर्माले शास्त्रीय संगीतको कार्यक्रममा प्रस्तुत गरेका थिए । कपन संगीत सरोवरले हरेक महिनाको अन्तिम सनिवार पछिल्ला ९ वर्षदेखि नियमित शास्त्रीय तथा भक्ति संगीतको कार्यक्रम प्रस्तुत गर्दै आएको छ । आगामी असार महिनामा आदीकवि भानुभक्त आचार्यको स्मृति रामयण गायन तथा साहित्यिकसहितको कार्यक्रम आयोजना गरिने जानकारी गराइएको थियो ।

समिक्षक प्रकाश सायमीले अम्बर गुरुङका बारे यस्तो बोले:

https://youtu.be/U-WVPqJCAnc

तपाइँको प्रतिक्रिया ।