एमाले समर्थित युवाहरू ओली सरकारको निरन्तरता माग गर्दै सडकमा
कपन अनलाइन, ३१ असार, २०७३
माओवादी केन्द्रले सत्तबाट हात निकालेपछि प्राबिधिकरुपमा अल्पमतमा परेको वर्तमान ओली सरकार तथा केपि ओलीको पक्षमा एमाले समर्थित युवाहरू सडकमा निक्लिएका छन् । अहिलेकै सरकारलाई निरन्तरता दिनु पर्ने नाराका साथ देशभरी उनीहरू प्रदर्शन गरिरहेको बताइएको छ । काठमाडौँमा अपरान्ह ३ बजे प्रदर्शन गरिने सामाजिक संजालमा प्रचार गरिएको छ । अर्को ठूलो सहर पोखरामा भने आज बिहान समृद्धिका लागि युवा अभियानले राजनीतिमा स्थिरताका लागि केपी ओली सरकारको निरन्तरताको हुनुपर्ने माग राख्दै र्याली निकालिसकेको छ ।
पोखराको चिप्लेढुङ्गाबाट सुरू भएको र्याली महेन्द्रपुल, नयाँबजार हुँदै पृथ्वीचोकमा पुगेर सम्पन्न भएको थियो। ‘सत्तामोह छोड, देश विकासमा जोड’, २५ वर्षमा २६ वटा सरकार, युवाको एउटै बोली विइआर विइथ केपी ओली लगाएतका प्लेकार्ड र नारा लगाएका थिए। र्यालीमा एमाले निकट विद्यार्थी नेताहरू, एमाले कार्यकता तथा नेताको बाक्लो उपस्थिति रहेको थियो।
फोटो: सेतोपाटीडटकम