भोटेकोशी पिडित तातोपानीवासीलाई प्रति परिवार दरले राहत वितरण

कपन अनलाइन, २९ असार, २०७३

भोटेकोसी नदीमा हालै आएको बाढीले तहस नहस बनाएको सिन्धुपाल्चोकको तातोपानी गाविसमा आज हेलिकप्टरमार्फत राहत सामग्री पुर्याइएको छ । अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्था अक्सफाम नेपालको चौतारास्थित कार्यालयबाट नदी कटानबाट विस्थापित परिवारलाई खाद्यान्न तथा बन्दोबस्तीका सामग्री फिष्टेल एयरको हेलिकोप्टर चार्टर गरेर तातोपानी पठाइएको लजिष्टिक को–अर्डिनेटर प्रकाश भट्टराइले बताए ।

1467939558bhotekoshi flood

पाँच पटक गरी लगिएको राहत सामग्रीमा अति जोखिममा परेका २० परिवारको लागि खाद्यान्न र बन्दोबस्तीका सामान रहेका छन् । अक्सफाम नेपालले दिएको जानकारी अनुसार प्रतिपरिवार ३० केजी चामलसहित खाद्यान्न, सरसफाइ तथा सामूहिक शौचालयको लागि आवस्यक सामग्री छन् । विस्थापित भई तातोपानीको चौकीडाँडामा आश्रय लिएर बसेका बृद्धवृद्धा, घाइते, गर्भवती महिला तथा बालबालिकासहित २२ जनालाई हेलिकप्टरद्वारा सदरमुकाम चौतारा ल्याइएको र २१ जनालाई संस्थाले बसबाट राजधानी लगेको प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले जानकारी दिए । जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक एवम् प्रजिअ दुवाडीसहित सुरक्षा निकायका प्रमुख समेत सम्मिलित टोलीले आजै बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।