६ सिम्पल कुरा, जसले बढाउनेछ तपाइँको इन्टरनेट स्पिड
कपन अनलाइन, २९ असार, २०७३/आशिष गुरागाई /
यदि मैले २ मिनेटमा ट्रिक सिकेर तपाइँले आफ्नो इन्टरनेटको स्पिड बढाउन सक्नुहुन्छ भनेर भने भने अपत्यारिलो लाग्न सक्छ । तर यो अपत्यारिलो विषय भने हैन तपाइँ तयार हुनु होस् । कपन अनलाइनले सिकाउने छ २ मिनेटमा आफ्नो इन्टरनेट स्पिड बढाउने तरिका ।
स्टेप नंबर १–
Start मेन्यू जानुहोस् Run खोज्नुहोस् “Gpedit.msc” टाइप गर्नुहोस । त्यसपछि OK थिच्नुहोस् ।
स्टेप नंबर २–
यसपछि तपाइको कम्प्यूटर स्क्रीनमा एउटा ट्याब खुल्लने छ । त्यसमा Computer configuration मा क्लिक गर्नुहोस ।
स्टेप नंबर ३ –
अब Administrative templates मा क्लिक गर्नुहोस । त्यसपछि Network मा क्लिक गर्नुहोस ।
स्टेप नंबर ४–
विभिन्न विकल्पहरु मध्ये तपाइँले Qos Packet Scheduler लाई सिलेक्ट गर्नुपर्नेछ ।
स्टेप नंबर ५–
अब Limits reservable bandwidth मा क्लिक गर्नुहोस । त्यसपछि नयाँ ट्याब खुल्ने छ । जस्मा ३ ऑप्शन्स दिएको हुनेछ, त्यसमा तपाइँले Disabled लाई सेलेक्ट गर्नुहोस् ।स्टेप नंबर ६–
त्यसपछि यसै ट्याबको तल पुछारमा Apply को ऑप्शन दिएको छ । त्यसमाथि क्लिक गर्नुहोस् OK मा क्लिक गर्नुहोस् । यस सेटअपलाई फलो गर्नु भयो भने तपाइँको कम्पुटर तथा ल्यापटपमा इन्टरनेट स्पिड बढ़ने छ ।
किन बढ्छ इन्टरनेट स्पिड ?
Limits reservable bandwidth लाई डिसेबल गर्नाले तपाइँको कम्प्यूटर विन्डोज रिलेटेड त्यस्ता टास्क अलाउ गर्न दिँदैन । जस्लाई स्वचालित हुन इन्टरनेटको आवश्यक पर्दछ ।यसो गर्नाले विभिन्न एप्सहरु अटोमैटिक अपडेट्स हुन रोकिन्छ र तपाइँले चाहेको एप्सले मात्र इन्टरनेट प्रयोगगर्न पाउने छ ।