चावहिल-गौशाला क्षेत्रको गङ्गामाई जात्रा सम्पन्न

चावहिल-गौशाला क्षेत्रको गङ्गामाई जात्रा सम्पन्न

13616387_1073949139308141_165316507_o

कपन अनलाइन, २८ असार, २०७३

चावहिल-गौशाला क्षेत्रको प्रशिद्ध गङ्गामाई जात्रा सम्पन्न भएको छ ।  याे जात्रा पशुपति अार्यघाटवाट शुरू भै वनकाली हुँदै गाैशाला, जयवागेश्वरी, ताम्रेश्वर महादेव मन्दिर घुमे पछि पुन जयवागेश्वरी मन्दिर हुँदै पशुपतिनाथकाे पश्चिम ढाेकामा लगेर विश्राम गराई जात्रा समाप्त गरिने चलन छ । याे जात्रा संचालन गुठी संस्थानले गर्छ । जात्रा संचालनका लागि हनुमानढोकाबाट गुरूजूकाे पल्टन अाई ताेप पड्काएर बाँसुरी बजाउने गरिन्छ ।

-फोटो तथा विषय: श्यामकृष्ण संगत

तपाइँको प्रतिक्रिया ।