कोइरालाको चेतना आयो र स्वास्थ्य अवस्था सामान्य बन्ने आशा

06072016091129Shasank_Koirala-2-1000x0

कपन अनलाइन, २३ असार, २०७३

अस्वस्थ्य भई ओम अस्पतालमा उपचारार्थ नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाको स्वास्थ्य अवस्थामा निकै सुुधार आएको छ । उहाँमा चेतना आएको र स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालको विज्ञप्ति उद्धृत गर्दै पार्टीले जनाएको छ । महामन्त्री डा‍. कोइरालाको स्वास्थ्य स्थितिबारे जानकारी लिन काँग्रेसका सभापति शेरबहादुर देउवा पुनः आज साँझ अस्पताल पुगेका थिए । सभापति देउवालाई डा कोइरालाले उठेर नमस्कार गर्दै बोल्न खोज्नुुभएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज साँझ ७ बजे प्रेस विज्ञप्तिमार्फत जानकारी दिए ।

चिकित्सकले डा कोइरालाको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको बताएका छन् । उनी अस्वस्थ भई उपचारका लागि मङ्गलबार राति सो अस्पतालमा भर्ना  भएका थिए ।

तपाइँको प्रतिक्रिया ।