फेरि ठूलो सडक दुर्घटनाको खबर आयो !!!

दुर्घटनामा मानिस मारिने क्रम जारी !!

 संयोग मात्रै हो कि या कोही मानिस साँच्चै यस्तो पनि हुन्छ  ? देशमा सबैले रुचाएका भनिएका बाबुराम भट्टराई प्रम भएपछि सडक दुर्घटनाले सीमा नाघेको छ । आज फेरि कालिकोटबाट जुम्ला आइरहेको बस दुर्घटना हुँदा कम्तिमा ३० मारिएको समाचार प्राप्त भएको छ ।

कालिकोटबाट जुम्ला जाँदै गरेको यात्रुवाहक बस कर्णाली राजमार्गको बिर्तामोडमा दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ। ११ जना घाइते भएका कालिकोट जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

कर्णाली यातायातको ना४ख ६८७७ नम्बरको बस कालिकोटको पाखा गाउँ विकास समिति-१ बिर्तामोडमा राति ११ बजे दुर्घटना भएको हो। बस सडकदेखि करिब पाँच सय मिटर तल तीला नदी किनारमा खसेको कालिकोटका प्रमुख जिल्ला अधिकारी जगत बस्नेतले जानकारी दिए।

सोमबार साँझ ५४५ बजे मान्मबाट ३७ यात्रुको चलानी लिएर छुटे पनि बीच बाटोमा यात्रु थपिएका थिए। शव भेटिएका ३० जनाको सनाखत हुन सकेको छैन। ‘हामीहरु घाइतेको उपचारमा केन्द्रित भएकोले अहिलेसम्म कसैको सनाखत हुन सकेको छैन !

तपाइँको प्रतिक्रिया ।