उपराष्ट्रपति पुनको उच्च राष्ट्रगान मोह

उपराष्ट्रपति पुनको उच्च राष्ट्रगान मोह

1467619780886_RS_KTM_160704_IMG_4576

कपन अनलाइन, २० असार, २०७३

उपराष्ट्रपति नन्दबहादुर पुन कुनै पनि औपचारिक कार्यक्रममा बज्ने राष्ट्गानसँगै उज्यालो बन्ने गरेको धेरैले अनुभव गरेका छन् । राष्ट्रगान बज्ने बित्तिकै उनी छातीको देब्रेभागमा हात राखेर ठाडो शीरले गाउन थाल्छन् । यो भाव नेपालका राष्ट्रप्रमुख तथा सरकार प्रमुखमा विरलै देख्न पाइन्छ । कतिपय प्रधानमन्त्रि तथा मन्त्रिले त राष्ट्रगान बज्दा ओठसम्म चलाउँदैनन् ।  सोमबार ललितपुरस्थित कृषि विभाग कार्यालयमा फोर एच नेपालद्वारा आयोजित प्रथम युवा उद्यमी सम्मेलनको उद्घाटन कार्यक्रममा सहभागी हुँदै उपराष्ट्रपति नन्दबहादुर पुनले एकपटक फेरि सबैको मन हर्ने गरी राष्ट्रगान गाए तर उनीसँगै रहेका कृषिमन्त्रिले हात छातिमा राख्नु त कहाँ हो कहाँ हँसिलो भएर ओठसम्म चलाएनन् ।

तस्बिर: रत्न श्रेष्ठ

तपाइँको प्रतिक्रिया ।