विनोद बानियाँको नेतृत्वमा बुनपा १९ तरुण दल
कपन अनलाइन, १७ असार, २०७३
नेपाली कांग्रेस क्षेत्र नं. ४ र बुढानिलकण्ठ नगरकमिटिले आफ्नो क्षेत्रभित्रको तरुण दल गठन प्रकृया अन्तिमचरणमा पुर्याएको छ । गुटगत विभाजनको चरमस्वरुपमा बदलिएको नेका क्षेत्र नं. ४ को राजनीतिमा तरुण दल गठन प्रकृया पनि प्रभावित भएको देखिन्छ । पानी बाराबारको अवस्थामा आज बुनपा १९ को तरुण दल गठन भएको छ । बुनपा १९ को तरुण दल अध्यक्षमा विनोद बानियाँ चयन भएका छन् भने उपाध्यक्षमा राजन कार्की, सचिवमा प्रदिप खड्का र कोषाध्यक्षमा शम्बरबहादुर गुरुङ चयन भएका छन् । यसैगरी क्षेत्रीय प्रतिनिधिहरुमा मालती खड्का, सानीकला राई र उत्तम पौडेल चयन भएका छन् । एक क्षेत्रीय प्रतिनिधि पछि थपिने बताइएको छ ।
आज भएको बुनपा १९ तरुण दल गठन प्रकृयामा नेका क्षेत्र नं. ४ सभापति राजु श्रेष्ठ, सचिव विनोद चालिसे, महासमिति सदस्यहरु कर्माछिरिङ शेर्पा, आत्माराम पौडेल, क्षेत्रीय सदस्य अच्यूत पौडेल, बुनपा प्रतिनिधि राजाराम बुढाथोकी, शिक्षक संघ क्षेत्रीय सभापति राजेन्द्र बुढाथोकी, रामकृष्ण केसी र तरुण दल जिल्ला अध्यक्ष गोकर्ण केसीलगायतको उपस्थिति थियो । नवनिर्वाचित तरुण दल कमिटिलाई नेका क्षेत्रीय सभापति राजु श्रेष्ठले शुभकामना दिँदै पार्टी संगठनका लागि सकारात्मक सन्देश बोकेर अगाडि बढ्न प्रोत्साहित गरेका थिए ।
यसअघि बुनपा वडा नं. १९ तरुण दल कमिटि गठनका लागि रामकुमार खड्का, राजेन्द्र बुढाथोकी, श्यामसुन्दर भण्डारी, सन्तोष भण्डारी, महेश बुढाथोकीलगायतको समन्वय कमिटि बनेको थियो ।
फोटो: दावा शेर्पा