बालमन्दिरमा गणेशमान पुत्रीले जग्गा लिज विषयमा ठूलो भ्रष्टचार गरेको आरोप

बालमन्दिरमा गणेशमान पुत्रीले जग्गा लिज विषयमा   ठूलो भ्रष्टचार गरेको आरोप

कपन अनलाइन, १४ असार, २०७३

नेपालकै प्रतिष्ठित संस्था हो बालमन्दिर ।  राष्टिय ऐन ०१८ अनुसार ०२१ सालमा खुलेको संस्था  बालमन्दिर  बालबालिकाको क्षेत्रमा काम गर्ने यो संस्था देशकै धनी संस्थाहरुमध्ये एक हो । नक्सालमा रहेको भीमसमसेरको सिता दरबारमा बालमन्दिरको केन्द्रिय कार्यालय रहेको छ । काठमाडौंको मुटुमा रहेको सीता दरबार र यसको आसपासको १०० रोपनी जग्गा बालमन्दिर र नाफाले संयुक्तरुपमा भोगचलन गरिहेका छन् । नेपाल सरकाले यी दुवै संस्थालाई यो जग्गाको लालपूर्जा दिएको छ । नेपाल अधिराज्यभरी सबै जिल्लाको मुटुमा बालमन्दिरको ५० रोपनी वा सोभन्दा बढि जमिन रहेको छ ।

13553298_801850016583851_844115105_n

बालबालिकाको लालनपोषण गरेर हुर्काउने कामका लागि निर्माण गरिएको बालमन्दिर र संस्थालाई हेर्ने र अनुगमन गर्ने समाज कल्याण परिषद एकैदिन स्थापित भएका हुन् । बालमन्दिर एकैदिन स्थापना भएको संस्था भएकै कारण आजसम्म समाज कल्याण परिषद्मा दर्ता पनि भएको छैन । विधानत: बालमन्दिरमा एक प्रतिनिधिको रुमपा समाजकल्याण परिषद्बाट एक सदस्य हुने भनिए पनि यो नियम आजका दिनसम्म पालना गरिएको छैन । २२ जना केन्द्रिय बोर्ड समितिले यो संस्था संचालन गर्छ । यो बोर्ड सदस्य बन्नका लागि हरेक जिल्लाबाट २ जनाको दरले प्रतिनिधि आउने गर्छन् ।

देशकै महत्वपूर्ण यो संस्था समग्रमा हेर्दा नेपाली कांग्रेसको वर्चश्व भएको संस्था हो । ०४६ सालसम्म यो संस्था राजपरिवारको हालीमुहाली चल्थ्यो । ०४७ सालदेखि नेपाली कांग्रेसको हालीमुहालीमा चल्ने गरेको छ । ०४६ को परिवर्तनपछि तत्कालिन सर्वाेच्च नेता गणेशमान सिंहकी छोरीको नाताले प्रवेश गरेकी रितासिंह वैद्य ०४७ सालदेखि आजसम्म अकंटकरुपमा यस संस्थाको अध्यक्ष भएर बसेकी छिन् । बालमन्दिरको ५२ सालको इतिहासमा २६ वर्ष राजाका मानिसको रुपमा ५ जना अध्यक्ष भए भने प्रजातन्त्रपछिको २६ वर्ष चाहिँ रितासिंह वैद्यको राज चल्ने गरेको छ । यस संस्थाको सदस्यता लिन सजिलो छैन । गणेशमान पुत्र नेका नेता प्रकाशमान सिंहले सिफारिस गरेका स्थानीय नेकाका कार्यकर्ता वा नेता नै यो संस्थाको सदस्य बन्ने गरेको जानकारहरु बताउँछन् ।

२६ वर्षे अध्यक्ष कार्यकालमा रिता सिंह वैद्य ५ औ पटक पाँच वर्षका लागि अध्यक्ष बने पनि वैद्यको अध्यक्षकाल आफैमा उत्कृष्ट चाहिँ मानिदैन । यसबीचमा बालबालिका बेचबिखनजस्ता संघीय विषयको आरोप र पुष्टिसमेत यस संस्थाको टाउकोमा परिसकेको छ । तर शक्तिको पछाडि यस्ता कतिपय विषयहरु समाचारसम्म नबनेको एक पूर्व केन्द्रिय सदस्यले कपन अनलाइनलाई बताए ।

बिभिन्न विवादका  बीच रिता सिंह वैद्य यतिखेर उनको जीवनकै सबैभन्दा ठूलो विवादमा छिन् । यो विवादलाई हल गर्न सकिनन् भने बाल मन्दिरमा रिताको राज मात्र हैन कांग्रेसको राजसमेत सकिने संभावना बढ्दै गएको छ । नक्सालस्थित  बालमन्दिर केन्द्रिय कार्यालय परिसरको २९ रोपनी जग्गा  रिता सिंह वैद्यले  एकल निर्णय गर्दै लामो समयका लागि लाखौँ रुपैँयामा भाडामा दिएको सार्वजनिक भएपछि यो विषयले उनलाई अप्ठेरो परेको हो  । बालमन्दिर र नाफा(नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान)को संयूक्त नाममा रहेको सो  जग्गा कसैलाई सोधपुछ नै नगरी, कुनै प्रकृया नै पुरा नगरी भाडामा दिएको विषयमात्र हैन ०७२ असार १९ गते तरुण निर्माण सेवा समितिका मनोज मिश्रसँग एकमुष्ट रकम संस्थाको खातामासमेत नदेखिएपछि यो विषय छताछुल्ल भएर रितालाई गारो परेको हो  । करिब एकवर्ष अघि रिताले कुनै प्रकृया नपुर्याइकन ४३ वर्षका लागि मनोजकुमार मिश्रको कम्पनि तरुण निर्माण संस्थासँग रु ७५ लाख लिएकी थिइन् । सो रकम कहाँ गयो मात्र हैन जग्गा लिजमा दिन पाइने नपाइने कुरासम्म पनि बुझबुझारथ नपुर्याएपछि उनकै हालीमुहाली रहेको भनिएको बालमन्दिर बोर्डले प्रश्नचिन्ह् उठाएको छ ।

करिब १० महिना लिजमा दिएको कुरा कसैलाई जानकारीसम्म नदिए पनि २९ रोपनी जग्गा आफूले लिजमा लिएको भनेर मनोजले सार्वजनिक गरेपछि बोर्डले रितामाथि प्रश्नचिन्ह गरेको थियो । गत बैशाख २९ तथा ३० मा भएको बैठकमा बोर्ड मेम्बर राजु अर्यालले यो कुरा उठाएका थिए । राजु अर्यालले यो  विषय उठान गर्ने बित्तिकै मेरो बारेमा नानाभाँती कुरा गर्ने को हो तिमी भन्दै अर्याललाई तत्काल बोर्डबाट हटाइएको कुरा एक सदस्यले कपन अनलाइनलाई बताए । ७५ लाख रुपैँयाको विषय पत्रपत्रिका प्रकाशितपछि यो विषयलाई कसरी कमजोर बनाउने बारेमा रिता यतिखेर बिभिन्न प्रयास व्यस्त भएको बताइन्छ । रितासिंहको नाममा केही व्यक्तिहरुले पनि बालमन्दिर राज गरिरहेको तथा ती व्यक्तिहरु अहिले निलम्बन परेको विषय पनि सार्वजनिक भएकोले वैद्यमाथि थेग्न नसकिने दवाब परेको छ । बैद्यका सहयोगी भनिएका डाइरेक्टर बालकृष्ण डंगोल, प्रमिला श्रेष्ठ लगायत यतिखेर निलम्बन रहे पनि तत्काल कुनै उपाय लगाएर यिनीहरुलाई निलम्बन फुकुवा गर्ने तयारी भैरहेको कपनअनलाइन श्रोतले पत्ता लगाएको छ । यी सबै सन्दर्भलाई कपनअनलाइनसँग प्राप्त प् श्रोतले उपलब्ध भएकाले देशकै प्रतिष्ठित संस्थाको बेहाललाई उजागर गर्न  कपन अनलाइनले  अब दैनिकरुपमा प्रकाशित यस विषयसँग सम्बन्धित विषय प्रकाशित गर्नेछ  ।

तपाइँको प्रतिक्रिया ।