चार्टर स्कूललाई तेज रोक्काले ५० हजार बराबरको सामग्री दिए

चार्टर स्कूललाई तेज रोक्काले ५० हजार बराबरको सामग्री दिए

IMG_0068

कपन अनलाइन, जेठ २८, २०७३

समाजसेवी तेज रोक्काले बनपा १२ साँप्रेढुंगामा रहेको चार्टर स्कूलका विद्यार्थीलाई स्टेस्नरीलगायत बिभिन्न सामग्री प्रदान गरेका छन् । यस भेकको कान्छो सरकारी स्कूल चार्टर स्कूल हाल ६ कक्षासम्म संचालन भैरहेको छ । सामुदायिक विद्यालय तथा विपन्न वर्गका क्षेत्र सहयोग गर्दै आएका समाजसेवी रोक्काले जनही ५०० बराबरको १०० वटा गिफ्ट बाकस आज एक कार्यक्रमबीच प्रदान गरेका हुन् । रोक्काको पहलमा अमेरिकाबाट आएको सो उपहार यस भेकका बिभिन्न सामुदायिक स्कूलमा बाँडिने कार्यक्रम रहेको छ ।

तपाइँको प्रतिक्रिया ।