बुनपाका प्रभावशाली नेता उद्धव खरेल एमाले प्रान्तीय प्रदेश सदस्यमा मनोनित

बुनपाका प्रभावशाली नेता उद्धव खरेल एमाले प्रान्तीय प्रदेश सदस्यमा मनोनित

IMG_9680

कपन अनलाइन, ११ असार, २०७३

 काठमाडौँको उत्तरी भेकका प्रभावशाली एमाले नेता उद्धव खरेललाई एमालेले प्रान्तीय कमिटी परिषदको सदस्यमा मनाेनयन गरेको छ । नेकपा एमाले स्थायी कमिटीको हालैमात्र बसेकाे बैठकले बिगतमा निर्वाचित पुर्वराष्ट्रिय प्रतिनिधि परिषदका सबै पार्षदहरुलाई अा-अाफ्नाे प्रान्तमा रहनेगरि  सदस्यमा मनोनयन गरेको हो । बुढानिलकण्ठ नगरपालिकाका अत्यन्त प्रभावशाली नेताका रुपमा चिनिने खरेल १ हप्ता अगाडिसम्म बुढानिलकण्ठ नगरपालिकामा एमाले प्रतिनिधिको रुपमा क्रियाशील थिए । बुढानिलकण्ठ नगरपालिकाको बारेमा सबैभन्दा धेरै जानकारी राख्ने व्यक्तिको रुपमासमेत परिचित खरेल तत्कालिन चपली भद्रकाली गाविसका अध्यक्षसमेत हुन् । जनतासँग मिलेर काम गर्न सक्ने नेताको हैसियत राखेका कारण बुनपा एमालेको एउटा ठूलो समूह खरेललाई बुढानिलकण्ठ नगरपालिकाको मेयर पदका लागि तयारी गरिरहेको बताइन्छ ।

तपाइँको प्रतिक्रिया ।