अनलाइन संचालन निर्देशिका संशोधन गर्न कार्यदल गठित

18_banner_Online-News-Portal--Featured-Image----GoaTimeline

कपन अनलाइन, ७ असार, २०७३

अनलाइन सञ्चालन सम्बन्धमा सरकारले ल्याएको निर्देशिकाको चौतर्फि बिरोध भएपछि सूचना तथा सञ्चार मन्त्रालयले अनलाइन सञ्चालनसम्बन्धी निर्देशिका–२०७३ संशोधनका लागि तीन सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा प्रेस काउन्सिल नेपालका अध्यक्ष, नेपाल पत्रकार महासङ्घका अध्यक्ष र अनलाइनमध्येका एक प्रतिनिधि रहनेछन् । निर्देशिकामा समेटिएका कतिपय बुँदा संविधानसँग बाभिएको भन्दै आज महासङ्घले सूचना तथा सञ्चारमन्त्री शेरधन राईलाई ध्यानाकर्षण गरेलगत्तै मन्त्री राईले सो कार्यदल गठन गरेका हुन् । यसअघि नेपालमा कृयाशील प्राय सबै पत्रकार संघहरू(प्रेस युनियन, प्रेस चौतारी, अनलाइन जर्नालिस्ट यसोसियसन आदि) दवावमूलक बिरोध गरेका थिए । कतिपय दैनिक पत्रिकाले पनि यसको विरोधमा सम्पादकीय लेखेका थिए ।

मन्त्री राईले संविधानको भावना र प्रेस स्वतन्त्रताको मर्म विपरीत सरकारले कुनै निर्णय लिने कुरा सोच्न नसकिने बताउँदै सम्बन्धित क्षेत्रको रायका आधारमा दुई दिनभित्र परिमार्जन गरेर निर्देशिका कार्यान्वयनमा ल्याइने प्रतिबद्धता व्यक्त गरे  । महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले संविधान विपरीत सञ्चारसम्बन्धी कुनै निर्देशिका नल्याउन तथा अनलाइन मिडियालाई स्वनियम गराउन आग्रह गरेका छन् । अनलाइन सञ्चालन सम्बन्धमा सरकारले ल्याएको निर्देशिकाको कपन अनलाइनले पनि बिरोध गर्दै आएको छ ।

तपाइँको प्रतिक्रिया ।