उपत्यकाको इँटाभट्टामा बालबालिकै बालबालिका

उपत्यकाको इँटाभट्टामा  बालबालिकै बालबालिका

काठमाडौँ उपत्यकामा रहेका १०८ इँटाभट्टामा सबैभन्दा बढी बालबालिका सहभागी रहेको एक अध्ययनले देखाएको छ । नेपाल पत्रकार मञ्चको सहकार्यमा बाल विकास समाजले अन्तर्राष्ट्रिय बालश्रमविरुद्धको दिवसका अवसरमा आज यहाँ आयोजना गरेको इँटा उद्योगमा बालबालिकाको स्थितिबारे गरिएको एक अध्ययन सार्वजनिक कार्यक्रममा उक्त जानकारी गराइएको हो ।

Brick Factory, Nepal
Photo:Gary Chapman

काठमाडौँ उपत्यकामा इँटाभट्टा काठमाडौँमा १८, ललितपुरमा २८ र भक्तपुरमा ६२ रहेको तथ्याङ्कमा उल्लेख रहेको छ । काठमाडौँमा रहेका कूल इँटाभट्टामा कार्यरत ९३१ कामदारमध्ये ७४० बालबालिका रहेका छन् । त्यसैगरी ललितपुरमा भने कामदारभन्दा बढी बालबालिकाको सङ्ख्या रहेको छ । इँटाभट्टामा काम गर्ने अधिकांश कामदारका छोराछोरी विद्यालय नजाने भएकाले काम गर्न सक्ने र नसक्ने दुबै खालका बालबालिका उक्त क्षेत्रमा रमाइरहेका पाइएको समाजका संयोजक किरण कार्कीले जानकारी दिए ।

सहभागी बालबालिकामध्ये सबैभन्दा बढी ३१ दशमलव ११ प्रतिशत पाँच वर्षभन्दा कम उमेरका रहेका छन् भने २८ प्रतिशत पाँचदेखि १० वर्ष उमेर समूहका रहेका र २२ दशमलव ५८ प्रतिशत १० देखि १५ वर्ष उमेर समूहका र १७ दशमलव ३१ प्रतिशत १५ देखि १८ वर्ष उमेर समूहका रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

Brian, a ten-year-old Salvadoran boy, works at a brick factory in Istahua, El Salvador, 21 December 2013. Child labour is a common practice at the artisanal brick factories, found mainly in rural areas of El Salvador. Poverty and insufficient earnings in agriculture force parents to employ their own children, in an effort to ensure the livelihood for the whole family. Children aged 8-10 are allowed to work slower, with smaller volumes of clay, while children aged 12 and up work regularly, 8-10 hours a day, 6 days a week.

तपाइँको प्रतिक्रिया ।