देशलाई बचाउन नेपालका मुख्य तीन दल एक हुनुपर्नेमा थापाको जोड

देशलाई बचाउन नेपालका मुख्य तीन  दल एक हुनुपर्नेमा थापाको जोड

Fullscreen capture 02-06-2016 225231

फाइल तस्वीर

कपन अनलाइन, २६ जेठ, २०७३ 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य  तथा युवा नेता गगनकुमार थापाले संविधानको पूर्ण रुपमा कार्यान्वयन गर्न देशका तीनवटै ठुला दलहरूले अापसी समझदारीमा काम गर्नु पर्ने बताएका छन् । थापाले  संविधानमा व्यवस्था भएअनुसार स्थानीय, संसदीय तथा राष्ट्रिय गरी तीनवटै निर्वाचन पूरा गर्न डेढ वर्षको समय सीमा भएकाले निर्धारित समय सीमाभित्र तीनवटै निवार्चन हुन नसके देश गम्भीर अवस्थामा फस्ने भएकाले देशलाई बचाउनका लागि नेपालका मुख्य तीन राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताएका हुन्  ।

नेपाल तरुण दल जिल्ला कार्यसमिति मुगुको चौथो जिल्ला अधिवेशन उद्घाटन गर्न मङ्गलबार मुगु पुगेका सांसद  थापाले मधेसी दलका जायज माग पूरा गरी उनीहरुलाई पनि विकासको मूलधारमा ल्याउनुपर्ने बताए । थापाले प्राकृतिक साधन, स्रोतले समृद्घ राराको पर्यटन विकासमा दीर्घकालीन गुरुयोजना आवश्यक भएकाले त्यसतर्फ आफू लागिपर्ने समेत बताएका छन् ।

तपाइँको प्रतिक्रिया ।