रुघा–खोकी चटै पार्ने घरेलु १० उपचार

कपन अनलाइन/ जेठ २३, काठमाडौ |
ज्वानुको बाफ 
रुघा–खोकीले सताउन थालेको छ भने थोरै ज्वानु राखेर पानी उमाल्नुस् । उम्लिएको ज्वानुपानीको बाफ लिएर आराम गर्नुभयो भने सामान्य रुघा–खोकी निको हुन्छ । टन्सिल बढेको छ भने त्यही पानीले कुल्ला गर्दा फाइदा गर्छ ।
पानको पातको जुस
पानको पातको जुस तयार पर्ने र महमा मिलाएर सेवन गर्ने हो भने रुघा–खोकीको समस्याबाट आराम मिल्छ । पानको पातको जुस र महमा अदुवाको रस पनि मिलाउनुभयो भने अझ उत्तम हुन्छ ।
मरिच र अदुवा
मरिचको पाउडरमा अदुवाको रस मिसाएर थोरै सेवन गर्दा रुघा निको हुन्छ । शरीरमा धेरै नै गर्मी पैदा गराउने भएकाले थोरै मात्रा मात्रै लिनुहोला ।
रुदिलो या तुलसी 
गाउँघरमा रुदिलो र तुलसीको समस्या हुँदैन । रुघा–खोकी लाग्दा तपाईंलाई यी दुईमध्ये जे उपलब्ध हुन्छ, त्यही प्रयोग गर्नु सक्नुहुन्छ । रुदिलो या तुलसीको पात थिचेर रस सेवन गरे रुघा–खोकी निको हुन्छ ।
पोलेको अदुवा 
अदुवाको टुक्रा पोलेर नुनसँग मिसाएर खाँदा घाँटीको खसखस सन्चो हुन्छ । टन्सिल बढेको छ भने बेसार, चियापत्ती, ज्वानु र नुनपानीले कुल्ला गर्दा उत्तम हुन्छ ।
कागतीको टुक्रा
 पहिले कागतीलाई दुई टुक्रा पार्नुहोस् । यसमा थोरै मरिचको धुलो, नुन र बेसार दलेर आगोमा हल्का तताएर चाट्दा भाइरल ठीक पार्छ ।
नयाँ पत्रिका बाट
तपाइँको प्रतिक्रिया ।