११ वर्षीया क्यान्सरपीडित छोरीको नाममा ट्रष्ट स्थापना

११ वर्षीया क्यान्सरपीडित छोरीको नाममा ट्रष्ट स्थापना

2012112883682734_20

कपन अनलाइन,काठमाडौँ, ११ जेठ, २०७३ 

हक एभरेष्ट रिसर्च अर्गनाइजेसनका कार्यकारी निर्देशक राजेशकुमार पुरीले आफ्नी सात कक्षामा अध्ययनरत ११ वर्षीय क्यान्सरपीडित छोरीको नाममा ट्रष्ट स्थापना गर्नुभएको छ । लामो समयदेखि ब्लड क्यान्सरपीडित विधि पुरीको नाममा विधिको १२ औँ जन्मदिनको अवसर पारेर रु एक लाख ५० हजार ४०२ नगद राशिसहित ट्रष्टको स्थापना गर्नुभएको हो ।

पुरीले आफ्नो छोरीको आग्रहमा उनकै जन्मदिन पारेर उक्त ट्रष्ट स्थापना गरेको बताउनुभयो । सुर्खेत जिल्ला निवासी रोटरिएन राजेशकुमारले भन्नुभयो, “धेरै बच्चाहरु क्यान्सर भएर अकालमै ज्यान गुमाउनुपरेको छ केही भएपनि आर्थिक सहयोग पुगोस् भन्ने उद्देश्यले यो ट्रष्टको स्थापना गरेको हुँ ।”

उहाँले आफ्नो छोरीको जन्मदिनको अवसर पारेर प्रत्येक वर्ष १२ वर्षमुनिका क्यान्सरपीडित बालबालिकालाई चिकित्सकको सल्लाहअनुसार उक्त रकम उपचार खर्चस्वरुप सहयोग गरिने जानकारी दिनुभयो । यो हरेक वर्ष निरन्तर दिने समेत पुरीले स्पष्ट पार्नुभयो । रासस

सांकेतिक फोटो साभार अलजजिरा

तपाइँको प्रतिक्रिया ।