शक्ति गौचनले विश्व किर्तिमान बनाए …!

मलेसिया बिरुद्ध भएको खेलमा नेपाली क्रिकेटर शक्ति गौचनले एक दिवसीय क्रिकेटको बलिङमा नयाँ विश्व कीर्तिमान रचेका छन । आईसीसी वल्र्ड क्रिकेट डिभिजन फोरमा शक्तिले वेष्ट इकोनोमी रन रेटमा वेष्ट इण्डिजका फिल सिमोनको रेकर्ड भंग गरेका हुन ।

सिमोनले राखेको २० वर्ष पुरानो कीर्तिमान तोड्दै शक्तिले १० ओभरमा ८ मेडन राख्दै जम्मा २ रन दिएर ३ विकेट झारेका थिए । उनको इकोनोमी रन रेट शुन्य दशमलव २० रहेको छ ।

यसअघि फिल सिमोनले सन् १९९२ डिसेम्बरमा पाकिस्तानविरुद्ध १० ओभरमा ८ मेडन राख्दै ३ रन दिएर ४ विकेट लिएका थिए । जसमा वेष्ट इकोनोमी रन रेट मात्र शुन्य दशमलव ३० रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।