अमेरिकी भिसा आवेदन सजिलो, पासपोर्ट लगेर भिसा लाउन सकिने

An employee at the US embassy helping a citizen fill out   forms. The citizen services department is running an absentee voter registration drive. 30.8.2002. Mikhail Solovyanov

कपनअनलाइन, जेठ ४, २०७३

अमेरिकाको भिसाको नाममा बिभिन्न कन्सल्टेन्सिहरूले कागजपत्र बनाइदिने नाममा बिभिन्न किसिमले ठगी गरेको भन्दै नेपालस्थित अमेरिकी राजदुतावासले पासपोर्ट ल्याएर भिसा लगाएर जाने वातावरण बनाएको छ । जेठ १९ गतेबाट लागू हुने गरी पर्यटक तथा विद्यार्थी भिसाका लागि आवेदन दिने व्यक्तिहरूले भिसाको अन्तर्वार्ताका लागि उपस्थित हुँदा आवश्यक थोरै मात्र कागजपत्र ल्याए पुग्ने दूतावासले जनाएको छ। कागजपत्रका नाममा हुने ठगीबाट बचाउन प्रकृयालाई सजिलो बनाइएको दुतावासले जनाएको छ ।

पैसा र समय बचत होस् भनी उनीहरूले अबदेखि बैंक मौज्दात विवरण, जग्गासम्बन्धी कागजात, निमन्त्रणा पत्र वा त्यस्तै अन्य कागजपत्र ल्याउनु पर्दैन। यस्ता प्रकारका दस्तावेजहरू ल्याएमा दूतावासको सुरक्षा इकाइको हातमा छाड्न लगाइनेछ। जेठ १९ गते लागु हुने गरी पर्यटक  भिसाका लागि आवेदन दिने व्यक्तिहरूले आफ्नो साथमा निम्न कागजपत्रहरू मात्र ल्याउनु पर्नेछ ।

१. राहदानी

२.DS-160 कन्फर्मेशन पेज

३. आवेदन शुल्क भुक्तानी रसिद

 

तपाइँको प्रतिक्रिया ।