फेसबुक र अनलाइनबाट भोटको क्याम्पेनिङ गर्दै आशिष !!!

100CANON2

कपनअनलाइन, जेठ ४, २०७३

आशिष गुरागाइँलाई केही दिनदेखि भ्याइनभ्याइ छ । ‘८ गतेसम्म बेफुर्सद नै हुन्छु होला’ सारै व्यस्त भएको मुखैले भने आशिषले ।  बालउद्धार उच्च मावि अगाडिको अफिसमा बसेर दिनभर फोन गर्दै आफूलाई जिताउन देशभरीका प्रतिनिधिलाई आग्रह  गर्दै छन् । एमाले भातृ संगठन प्रेस चौतारी नेपालको ८ औँ अधिवेशनमा केन्द्रिय सदस्यमा उठ्ने तयारी गरेका गुरागाइँले अधिवेशनको क्याम्पेनिङमा छन् ।  । ‘नउठ्नु उठेपछि जित्नु पर्छ भन्ने सोच भएर हल्का तयारी गरेको’ उनले भने ।

ब्लग लेखेर इन्टरनेट पत्रकारितामा भित्रिएका आशिष इन्टरनेटप्रधान पत्रकारिताभित्र पनि प्रबिधिको सहि सदुपयोग गर्ने व्यक्तिका रुपमा चिनिन्छन् । सूचनाप्रबिधिकै व्यवसायी पनि रहेका उनी यतिखेर ४ वटा अनलाइन पत्रिका चलाउँछन् । उनले एमालेको बिधानलाई डिजिटल अडियोमा ढालेर देशमै नमूना काम पनि गरेका छन् भने एमालेको मूखपत्र जस्तो हैसियत राख्ने रातोसूर्य नामको अनलाइन पोर्टलको परिकल्पनाकारसमेत हुन् । अनलाइन क्षेत्रमा गतिलो हैसियत राख्ने गुरागाइँ तथा प्रेस चौतारी नेपालमा ७ औँ अधिवेशनदेखि नै सक्रिय थिए ।आशिष गुरागाई कपन अनलाइन डटकम प्रालिका अध्यक्ष हुन् ।

तपाइँको प्रतिक्रिया ।