सूर्यबहादुर अधिकारीलाई एकलाख नगदसहितको शान्ति पुरस्कार

सूर्यबहादुर अधिकारीलाई एकलाख नगदसहितको शान्ति पुरस्कार

13062397_1331412693541427_1143169036313067962_n

कपन अनलाइन, बैशाख २४, २०७३
नेपालमा शान्ति स्थापनाको लागि भनेर एम्नेस्टि इन्टरनेसनलका नेपाल प्रमुख सूर्यबहादुर अधिकारीलाई ‘राष्ट्रिय लोकतन्त्र शान्ति पुरस्कार’ प्रदान गरिएको छ । गत शनिवार राजधानीमा भएको एक महत्वपूर्ण कार्यक्रममा अधिकारीलाई पूर्व प्रधानमन्त्रि तथा नेका सभापति शेरबहादुर देउवाले सो पुरस्कार प्रदान गरेका हुन् । तेज तीर्थ श्रेष्ठ नामको ट्रस्टले शान्तिका लागि विशेष योगदान दिने व्यक्तिलाई ताम्रपत्रसहित प्रदान गर्ने राष्ट्रिय लोकतन्त्र शान्ति पुरस्कार लोकतन्त्र दिवशको अवसर पारेर प्रदान गरिन्छ । सूर्यबहादुर अधिकारीलाई एम्नेस्टि इन्टरनेसनलका प्रमुख भएका कारण सो पुरस्कार प्रदान गरिएको हो । कपन क्षेत्रको प्रतिष्ठित जोसेफ उच्च माविका फाउन्डर प्रिन्सिपल रहेका केसी मानवाधिकारसहित सामाजिक अभियान्ता पनि हुन् ।

तपाइँको प्रतिक्रिया ।