बाबुरामले नारायणकाजीलाई बच्चा भने ….

इरान भ्रमणले बाबुराम र नारायणकाजीको सम्बन्ध चिसियो ….

प्रधानमन्त्री बाबुराम भट्टराई ले भारतका प्रधानमन्त्री मनमोहन सिंहलाई इरानको राजधानी तेहरानमा एक्लै भेट्यो भन्नु बालपना भएको टिप्पणी गरेका छन् ।

 

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भट्टराई एक्लैले सिंहलाई भेटेको भन्दै असन्तुष्टि व्यक्त गरेलगत्तै प्रधानमन्त्रीको यस्तो टिप्पणी आएको हो ।

 

‘त्यहाँको सरकारले राष्ट्रप्रमुखहरूलाई पालैपालो लिएर हलमा राख्छ । सबैलाई जम्मा गरेपछि कार्यक्रम सुरु हुन्छ । त्यही बेलामा हामीले समयको सदुपयोग गरेर कुराकानी गर्‍यौं,’ उनले भने, ‘त्यो बेलामा मनमोहनजी पनि एक्लै हुनुहुन्थ्यो, म पनि एक्लै थिएँ । श्रीलंकाका राष्ट्रपति पनि एक्लै हुनुहुन्थ्यो, हामीले एक्लाएक्लै कुरा गर्‍यौं । त्यो बेला साथी छैन, म कुरा गर्दिनँ भन्न मिल्छ ? त्यस्तो कुरा लिएर प्रधानमन्त्रीले किन एक्लै कुरा गर्‍यो, किन जानकारी गराएन ? भन्नेजस्तो कुरा असाध्यै बचपना हो ।’ उनले यस्ता टिप्पणीले छिमेकीसँगको सम्बन्धमा बिग्रन सक्ने जनाए । ‘हामीले राष्ट्रिय स्वाभिमानलाई पनि ख्याल गर्नुपर्छ । हामीले हल्काफुल्का कुराहरू गरेर भ्रम सिर्जना गर्ने काम गर्नु हँुदैन । हामी देशप्रति बफादार छौं,’ उनले भने, ‘अनावश्यक रूपमा छिमेकीसँगको सम्बन्ध बिगार्ने काम गर्नु हुँदैन ।’ भट्टराई र भारतका प्रधानमन्त्री सिंहबीच तेहरानमा एक्लाएक्लै करिब एक घन्टा वार्ता भएको थियो ।

 

 

राम भट्टराई ले भारतका प्रधानमन्त्री मनमोहन सिंहलाई इरानको राजधानी तेहरानमा एक्लै भेट्यो भन्नु बालपना भएको टिप्पणी गरेका छन् ।

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भट्टराई एक्लैले सिंहलाई भेटेको भन्दै असन्तुष्टि व्यक्त गरेलगत्तै प्रधानमन्त्रीको यस्तो टिप्पणी आएको हो ।

‘त्यहाँको सरकारले राष्ट्रप्रमुखहरूलाई पालैपालो लिएर हलमा राख्छ । सबैलाई जम्मा गरेपछि कार्यक्रम सुरु हुन्छ । त्यही बेलामा हामीले समयको सदुपयोग गरेर कुराकानी गर्‍यौं,’ उनले भने, ‘त्यो बेलामा मनमोहनजी पनि एक्लै हुनुहुन्थ्यो, म पनि एक्लै थिएँ । श्रीलंकाका राष्ट्रपति पनि एक्लै हुनुहुन्थ्यो, हामीले एक्लाएक्लै कुरा गर्‍यौं । त्यो बेला साथी छैन, म कुरा गर्दिनँ भन्न मिल्छ ? त्यस्तो कुरा लिएर प्रधानमन्त्रीले किन एक्लै कुरा गर्‍यो, किन जानकारी गराएन ? भन्नेजस्तो कुरा असाध्यै बचपना हो ।’ उनले यस्ता टिप्पणीले छिमेकीसँगको सम्बन्धमा बिग्रन सक्ने जनाए । ‘हामीले राष्ट्रिय स्वाभिमानलाई पनि ख्याल गर्नुपर्छ । हामीले हल्काफुल्का कुराहरू गरेर भ्रम सिर्जना गर्ने काम गर्नु हँुदैन । हामी देशप्रति बफादार छौं,’ उनले भने, ‘अनावश्यक रूपमा छिमेकीसँगको सम्बन्ध बिगार्ने काम गर्नु हुँदैन ।’ भट्टराई र भारतका प्रधानमन्त्री सिंहबीच तेहरानमा एक्लाएक्लै करिब एक घन्टा वार्ता भएको थियो ।

 

तपाइँको प्रतिक्रिया ।