डोटेल फेशबुकबाट रन्किदै तर क्षेत्रीय सभापति श्रेष्ठले भने डोटेलकै गल्ति हो । भिडियो सहित

डोटेल फेशबुकबाट रन्किदै तर क्षेत्रीय सभापति श्रेष्ठले भने डोटेलकै गल्ति हो । भिडियो सहित
कपन अनलाइन  २०७२- २९ चैत

कपन क्याम्पसमा राजनीतिक नियूक्तिपछि चारैतिर आलोचित भएका नेका बुनपा १२ इकाई सभापति श्याम उर्फ डिल्लिप्रसाद डोटेल संचार माध्ययमा समाचार प्रकाशित पश्चात सामाजिक संजालमा आक्रोश पोख्न थालेका छन् । कमजोर पात्रहरु क्याम्पस व्यवस्थापन समितिमा पठाएको विषयलाई ठिक भन्ने आशययूक्त उनका स्टाटसहरु सामाजिक संजालमा आक्रोशितरुपमा आएपछि डोटेल झन् विवादित भएका छन् ।

Raju _dotal

डोटेलले एकसाता अघि नारदमणि घिमिरेले गरेको चियापान समारोहलाई समेत गालीको आसयमा स्टाटस लेखेपछि उनका आफ्ना भनिएका मानिसहरु पनि टाढिएको पाइएको छ । कपन अनलाइनसँग कुरा गर्दै नेपाली कांग्रेसका एक क्रियाशिल सदस्यले आफूले अधिवेशनमा श्याम डोटेललाई भोट दिएर भूल गरेको बताए ।

नाम उधृत नगर्ने शर्तमा उनले इकाइले अझै आफ्ना क्रियाशिल सदस्यहरु धन्यवादसमेत दिन नसकेको बताउँदै ३–४ जना व्यक्तिलाई उपसभापति बनाउने आश्वासन दिएर झन् अगतिलो काम गरेको बताए ।
यसैबीच कपन अनलाइनसँग भिडियो वार्ता गर्दै नेपाली कांग्रेस क्षेत्रीय सभापति राजु श्रेष्ठले इकाई सभापतिबाट भूल भएको बताएका छन् । यसरी मनोमानी गर्न नहुने बताउँदै यसले उनलाई कारबाहीसमेत हुन सक्ने बताए । क्षेत्रको संगठनमा विशेष तयारीमा रहेका क्षेत्रीय सभापति श्रेष्ठले कमजोर निर्णय र काम गर्नेहरु विस्तारै पार्टी नेतृत्वबाट पाखालाग्ने बताए ।

(हेर्नुस भिडियो )

 

स्मरण रहोस्, श्याम उर्फ डिल्लि डोटेलले कपन बहुमुखी क्याम्पसमा टंक सापकोटा, पुस्कर चालिसे, किशोर गुरुङ र विनोद चालिसेलाई खल्तिबाट झिकेर पठाएको भन्दै कांग्रेसवृत्तभित्र आलोचित भएका थिए ।

तपाइँको प्रतिक्रिया ।