दाजु उपसभापति भाइ सचिव

दाजु उपसभापति भाइ सचिव

कपन अनलाइन  २०७२- २९ चैत

राजनीतिमा आफन्त र आफ्ना मानिसको उपयोग तथा प्रयोग दक्षिण एसियाली राजनीतिमा सामान्य विषय मानिन्छ । भारतीय राजनीतिबाट प्रभावित नेपाली राजनीतिमा लोग्ने–स्वास्नी, बाबु–छोरा, दिदी–भाइ तथा दाजु–भाइ एउटै पार्टीमा समान हैसियतमा बसेको घटना आफैमा अनौठो हैन । यसै सेरोफेरोमा काठमाडौं क्षेत्र नंं. ४ मा यस्ता घटना वा संयोग सबैजसो पार्टीमा देखिने गरेको छ । भर्खर अधिवेशन सकिएको एमाले क्षेत्र नं. ४ मा प्रतिनिधि चयन वा क्षेत्रीय सदस्य बन्नेहरुको नाम लिस्टमा लोग्ने–स्वास्नीको संख्या र नाम बारे कपन अनलाइनको समाचार प्रकाशित भएको मात्र हैन त्यसबारे ठूलो टिकाटिप्पणीसमेत भएको थियो  ।

Daju Bhai
सन्दर्भ नेपाली कांग्रेस बुनपा १४ इकाईको हो । बुनपा १४ इकाइमा भर्खरै सम्पन्न इकाई अधिवेशनपश्चात दाजुभाइ महत्वपूर्ण पदमा पुगेका छन् । होमनाथ तिमिल्सिनाको सभापतित्वमा रहेको इकाईमा उनले दाइ सुनित चासिलेलाई उपसभापतिमा चयन गरेका छन् भने भाइ सुमन चालिसेलाई मनोनित सचिवमा चयन गरेपछि एकाघरका दुई व्यक्तिको पार्टी पदाधिकारीमा पकड बन्न पुगेको छ । जन्मजात नेपाली कांग्रेस यी दाजुभाइ भर्खरैदेखि सक्रिय राजनीतिमा प्रवेश गरेका हुन् ।

भाइ सुमन चालिसेले इकाइ सभापतिमा होमनाथ तिमिल्सिनालाई जिताउन विशेष भूमिका खेलेका कारण र संगठन गर्न सक्ने व्यक्ति भएका कारण भनेर सचिव ल्याइएको बताइएको छ भने दाजु सुनित चालिसे सन्तुलित राजनीति गर्न सक्ने आधारमा आधारमा उपसभापतिमा ल्याइएको एक इकाई सदस्यले कपन अनलाइनलाई बताए । बुनपा वडा नं. १४ मा यी दाजुभाइले नेपाली कांग्रेसको संगठनलाई कुन हैसियत वा उचाइमा पुर्याउने हुन् त्योचाहिँ हेर्न बाँकी रहे पनि काँठेपाखे राजनीतिबाट ग्रसित समाजमा उनीहरुको भूमिकाप्रति सबैले चासो भने देखाएको पाइन्छ ।

 

तपाइँको प्रतिक्रिया ।