स्ववियु निर्वाचन तत्काल गर्न माग

काठमाडौँ, २९ चैत । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले जतिसक्दो चाँडो स्ववियु निर्वाचन गर्न माग गरेको छ ।

अखिल क्रान्तिकारीले यहाँ आज पत्रकार सम्मेलन गरी तत्काल निर्वाचन गर्न माग गर्दै एक महिनाका लागि विभिन्न सङ्घर्षका कार्यक्रम घोषणा गरेको छ । सो अन्तर्गत यही चैत्र ३० देखि २०७३ वैशाख ५ सम्म प्रचारप्रसार, ज्ञापनपत्र र चेतावनीपत्र बुझाउने, वैशाख ६ गतेदेखि १५ गतेसम्म क्रियात्मक कार्यक्रम छन् ।

क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहले त्रिभुवन विश्वविद्यालयले विभिन्न बहनामा स्ववियु निर्वाचन रोक्दै आएकाले उमेरको हदबन्दी र समानुपातिकलगायत विवादित विषयलाई टुङ्गो लगाएर निर्वाचन सम्पन्न गर्नुपर्ने बताउनुभयो ।
क्रान्तिकारीले नयाँ शैक्षिक सत्रको भर्नासँगै निजी विद्यालयले मनपरी शुल्क असुल्न थालेको भन्दै आपत्ति पनि जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।