बुनपाका कर्मचारी २ लाख घुससहित पक्राउ
कपन अनलाइन/चैत २९, २०७१
बुढानिलकण्ठ नगरपालिकाका २ जना कर्मचारी २ लाख घुससहित पक्राउ परेका छन् । नगरपालिकाका अस्थायी अमिन उमेश श्रेष्ठ र नगरपालिका फोहर उठाउने गाडीको हेल्पर सुरेश श्रेष्ठले घर निर्माणसँग सम्बन्धित एक विषयमा २ लाख घुष लिएपछि अख्तियार टोलीले उनीहरुलाई रंगेहात पक्राउ गरेको छ ।
हिजो बिहान करिब ११.०० बजे उमेश र सुरेशलाई अख्तियारले नाम्बरिंङ्ग गरि पठाएको रकमसहित पक्राउ गरिएको हो । बुढानिलकण्ठ नगरपालिकामा यसरी कर्मचारी घुससहित पक्राउ परेको यो पहिलो पटक भने हैन । यस अघि वडा नं. १२ १३ र १४ का संयूक्त वडासचिव श्याम अधिकारी पनि नगदसहित कपन स्थित वडा कार्यालय बाट पक्राउ परेका थिए ।
यसरी पटक पटक घुस लिएको आरोपमा कर्मचारीहरु पक्राउ परेपछि बुढानिलकण्ठ नगरपालिका बदनाम हुनलागेको छ । कर्मचारीले नगरपालिकालाई वदनाम गरेको आरोप सर्वसाधारणले लगाउन थालेका छन् । भर्खरै कार्यकारी अधिकृत भएर आएका विश्वराज मरासैनीले हिजै सबै कर्मचारीलाई नगर वदनाम हुने कुनै काम नगर्न नगराउन कडा दिर्देशन दिएका छन् । चादीटाई गर्न पल्केका नगरका कर्मचारीहरु मरासैनीको निर्देशनको पालना कत्तिको गर्नेहुन् त्यो हेर्न भने आगामी दिनहरु कुर्नुपर्ने देखिन्छ ।