इन्धनको भाउ फेरी बढ्यो, के सकिएला बाच्न सहरमा ?

सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले प्रति लिटर पेट्रोलमा ५ रुपैयाँ, डिजेल/मटि्टतेलमा ४ रुपैयाँ र प्रति सिलिन्डर ग्यासमा ५५ रुपैयाँ बढाएको हो ।

निगम स्रोतले बढ्दो घाटा धान्न मूल्य बढाएको जनाएको छ । हाल निगमको मासिक घाटा १ अर्ब १७ करोड ५१ लाख रुपैयाँ छ । यो वृद्धिसँगै काठमाडौं उपत्यकामा प्रतिलिटर पेट्रोल १ सय २५ रुपैयाँ, डिजेल/मटि्टतेल ९७ रुपैयाँ र प्रति सिलिन्डर ग्यास १ हजार ४ सय ७० रुपैयाँ पुगेको छ ।

तपाइँको प्रतिक्रिया ।