एसएलसी दिन नपाउँदा आत्महत्या

एसएलसी दिन नपाउँदा आत्महत्या

अछाम, १९ चैत । प्रवेशिका परीक्षा (एसएलसी) दिन नपाउँदा अछामकी एक युवतीले आत्महत्या गरेकी छन् ।

जिल्लाको मङ्गलसेन नगरपालिका–११ जुपु खिमाडाकी २२ वर्षीया विन्द्रा रावलले बुधवार राति झुन्डिएर आत्महत्या गरेकी हुन् । परीक्षामा सहभागी हुन प्रवेशपत्र लिन गएकी विन्द्राले प्रवेशपत्र नपाएपछि आत्महत्या गरेकी हुन् । आफ्नो भर्ना भएको विद्यालय कालिका माध्यमिक विद्यालय, जुपुमा ७५ प्रतिशत हाजिरी नभएकाले प्रवेशपत्र पाउन नसकेकी रावलले झुन्डिएर आत्महत्या गरेको उनका छिमेकी चन्द्र भण्डारीले बताउनुभयो ।

केही समयअगाडि सामान्य स्वास्थ्य उपचारमा भारत गएकी रावल एसएलसी परीक्षामा सहभागी हुनकै लागि घर फर्किएको उनको पारिवारिक स्रोतले बताएको छ । अछाम प्रहरीले भने उक्त घटनाको कारण खुल्न नसकेको बताउदै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बद्रीप्रसाद ढकालले बताउनुभयो । मृतकको शवपरीक्षण जिल्ला अस्पताल अछाममा गरिएको छ । रासस

तपाइँको प्रतिक्रिया ।