कपनबाट एमाले क्षेत्रीय प्रतिनिधिमा दम्पतीको लर्काे

कपनबाट एमाले क्षेत्रीय प्रतिनिधिमा दम्पतीको लर्काे

कपन अनलाइन/ २०७२ चैत्र १४
एमाले क्षेत्रीय अधिवेशन अन्तर्गत काठमाडौं क्षेत्र नं. ४ मा भएको प्रतिनिधि छनौटमा दम्पति नै क्षेत्रीय प्रतिनिधि हुने लहर नै चलेको देखियो । विशेष गरेर कपन क्षेत्रबाट प्रतिनिधि छनौट हुने क्रममा यसरी श्रीमतीलाई पनि प्रतिनिधि बनेका धेरै उदाहरण भेटिएको छ ।

कपनमा एमाले राजनीतिमा चिनिएका पात्रहरुसँग उनीहरुको धर्मपत्नी पनि चयन भएका छन् । यसरी धर्मपत्नीलाई प्रतिनिधि पठाउनेहरुमा केहीले नितान्त गृहणी धर्मपत्नीलाई प्रतिनिधि पठाए भने कतिपय सक्रिय राजनीति गर्ने महिला पात्र भएकाले गएका थिए । यसरी आफूसहित श्रीमती पनि प्रतिनिधि बन्नेहरुमा क्षेत्रीय सचिव उम्मेदवार ध्रुवराज न्यौपाने र उनकी श्रीमती ममता ढकाल, हाल क्षेत्रीय सदस्य रहेका पुन्यराज पुडासैनी र उनकी श्रीमती शान्ता ढकाल, क्षेत्रीय सदस्य तथा हाल उपाध्यक्ष वा सचिवका दावेदार राजन पोखरेल र उनकी श्रीमती निर्मला दाहाल रहेका छन् । त्यसैगरी हाल क्षेत्रीय उपाध्यक्ष लक्ष्मी संग्रौला र उनकी श्रीमती वेदमाया संग्रौला, जिल्ला प्रचारप्रसार  विभाग सदस्य कृष्णमणि भट्टराई र उनकी श्रीमती पारु भट्टराई ,  ध्रुवप्रसाद रिमाल र उनकी श्रीमती प्रमिला सापकोटा र लिलानाथ दाहाल र उनकी श्रीमती रिता दाहाल रहेका छन् ।

यसरी श्रीमान् श्रीमती नै प्रतिनिधि जाँदा कतिपय अरु कार्यकर्ता भने बेखुसी देखिएका छन् । काममा खट्ने बेला, लेवी तिर्ने बेला, झण्डा बोक्ने बेला कोही हुँदैनन् पद पाउने बेला श्रीमती बोकेर आउँछन्, एक सदस्यले कपन अनलाइनलाई बताए ।

तपाइँको प्रतिक्रिया ।